नेपाल पत्रकार महासंघको अधिवेशन काठमाडौँमा आजदेखि सुरु

वैशाख २१, काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय अधिवेशन काठमाडौँमा आजदेखि सुरु हुँदैछ । आज र भोलि गरी २ दिनसम्म चल्ने अधिवेशनको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नेछन् । बिहान ८ बजे...

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभर मनाइँदै

वैशाख २१, काठमाडौँ । ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभर मनाइँदै छ । स्वतन्त्र एवम् बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’...

मजदुर दिवसको अवसरमा पार्टी एकता घोषणा सभा सम्पन्न, क्रान्तिको कार्यभार पूरा गर्ने नेताहरूको प्रतिबद्धता

वैशाख २०, काठमाडौँ । १३५ औं मजदुर दिवसको अवसर पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच एकता भएर बनेको नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको घोषणा सभा बुधबार काठमाडौंमा...

छरिएर रहेका क्रान्तिकारीहरुलाई एकता प्रक्रियामा सामेल हुन क्रान्तिकारी कम्युनिस्ट पार्टीको आह्वान्

वैशाख २०, काठमाडौँ । नेपाली सर्वहारावर्गको अग्रदस्ताका रुपमा रहेका दुई क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) का बीच भएको पार्टी एकता र १३५औं मे...

आजदेखि तेस्रो लगानी सम्मेलन काठमाडौँमा शुरू हुँदै, १५१ परियोजना प्रस्तुत हुने

बैशाख १६, काठमाडौँ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बीच पार्टी एकता गर्ने सहमति

वैशाख १३, काठमाडाैँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र सन्तबहादुर नेपालीले नेतृत्व गरेको नेकपा (मशाल) बीच पार्टी एकता गर्ने सहमति जुटेको छ ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष...

प्रधानमन्त्री प्रचण्ड र कतारका राजा थानीबीच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने

वैशाख १२, काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई...

कतारका राजा २ दिने भ्रमणका लागि आज नेपाल आउँदै

वैशाख ११, काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले पहिलो पटक नेपालको...

हिरक जयन्तीको अवसरमा एमालेद्वारा आज पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गरिँदै

वैशाख १०, काठमाडौँ । नेकपा एमालेले आज पार्टीको हिरक जयन्ती महोत्सवको आयोजना गर्दैछ । सो अबसरमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गर्ने...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा क्रान्तिप्रति प्रतिबद्धता व्यक्त

वैशाख ९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गरेको छ । वक्तव्यमा नेपाली क्रान्तिप्रतिको प्रतिबद्धता व्यक्त...