0 COMMENTS

वैशाख २१, काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय अधिवेशन काठमाडौँमा आजदेखि सुरु हुँदैछ । आज र भोलि गरी २ दिनसम्म चल्ने अधिवेशनको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नेछन् ।

बिहान ८ बजे राष्ट्रिय सभागृहमा अधिवेशनमा पूर्वसन्ध्यामा पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने छन् । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौँमा आइसकेका छन् । केन्द्रीय अधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् ।

केन्द्रीय अधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ । त्यसैगरी विहीबार बसेको महासंघको केन्द्रीय समितिको बैठकले नेतृत्व चयनको लागि आगामी जेठ १९ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखाको नेतृत्व चयन हुनेछ । त्यसअघि सदस्यता शुद्धिकरणको काम सक्ने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।