0 COMMENTS

वैशाख २१, काठमाडौँ । सरकारले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

उनले १०० रुपैयाँको डिजाइन परिवर्तन गर्न स्वीकृत दिएको र पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याउने तयारी भएको बताइन । अहिलेको एक सयको नोटमा शगरमाथा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।