वैशाख २१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल वैशाख २१ गते (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ५९ पैसा र बिक्री दर १४३ रुपैयाँ २३ पैसा रहेको छ।