0 COMMENTS

वैशाख २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल पानी पर्ने सम्भावना नरहेको जनाएको छ।महाशाखाले जारी गरेको तीन दिनको बुलेटिनअनुसार विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहे पनि उल्लेख्य पानी पर्ने सम्भावना नरहेको हो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ। राति सुदुर-पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ। आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। प्रि मनसुन अवधिमा वर्षा नहुँदा देशभर वनमा डढेलो फैलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।