वैशाख २१, काठमाडौँ । ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभर मनाइँदै छ । स्वतन्त्र एवम् बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ ।
जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सुजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।