0 COMMENTS

वैशाख १३, काठमाडाैँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र सन्तबहादुर नेपालीले नेतृत्व गरेको नेकपा (मशाल) बीच पार्टी एकता गर्ने सहमति जुटेको छ । 

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ र नेपाल कम्युनिस्ट पार्टी (मशाल) का महासचिव सन्तबहादुर नेपालीले बिहीबार एक संयुक्त प्रेस–वक्तव्यमार्फत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बीचको पार्टी एकता गर्ने लामो समयदेखि पार्टी एकताका लागि चलिरहेको वार्ता प्रक्रियालाई अव यही २०८१ वैशाख १९ गते ऐतिहासिक मे दिवसका अवसरमा पार्टी एकताको घोषणा गर्ने निर्णयमा पुगेको जानकारी दिएका छन् ।

संयुक्त प्रेस वक्तव्यमा यो अवसरमा विश्वका र नेपालका शोषित उत्पीडित जनसमुदायमा खुसी व्यक्त गर्दै साथै अन्य क्रान्तिकारी व्यक्तित्व, समूह र पार्टीलाई एकता प्रक्रियामा अबद्धता र योगदानका लागि विशेष अपीलसमेत गरिएको छ ।
संयुक्त प्रेस–वक्तव्यको पूर्ण पाठ ….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।