0 COMMENTS

वैशाख ५, काठमाडौँ । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाशको नेतृत्वमा जनक शिक्षा सामग्री केन्द्रका महानिर्देशक अनिल कुमार झालाई भेटेर तत्काल सबै जिल्लाहरुमा पाठ्यपुस्तक पुर्याउन सुझाव दिएका छन् । गएको शैक्षिक सत्रमा विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएर हैरानी खेपेको, किताब नै नदेखेर परीक्षा दिन परेको, किताब नपुगेकै कारण विद्यार्थीहरु परिक्षामा फेल भएको, नतिजा संतोषजनक नआएको भन्दै यो बर्ष पनि अहिलेसम्म तराईका केही जिल्लाहरु र पहाडी तथा हिमाली जिल्लाहरुमा पाठ्यपुस्तक नपुगेको भन्दै नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुर्याउन अध्यक्ष प्रकाशले सुझाव दिएका हुन् । साथै अध्यक्ष प्रकाशले जनक शिक्षा सामाग्रीलाई व्यवस्थित रुपमा सन्चालन गर्न पनि सुझाव दिएका थिए ।

जवाफमा महानिर्देशक झाले अखिल (क्रान्तिकारी) ले दिएको सुझाव अतिआवश्यक र महत्वपूर्ण रहेको भन्दै संगठनको सुझाव अनुसार आफुहरु तीब्र गतिमा काम गरिरहेको र ६० जिल्लामा किताब पुर्‍याइ सकेको र बाँकी नपुगेका जिल्लाहरुमा केही दिनभित्रै पाठ्यपुस्तक पुर्‍याउने बताए साथै महानिर्देशक झाले बिगतमा जनक शिक्षा सामग्री केन्द्रमा विभिन्न समस्यहरु आएको र त्यसलाई क्रमिक रुपमा सुधार गर्दै गएको बताए । भेटमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश, उपाध्यक्ष नरेन्द्र, केन्द्रीय सचिवालय सदस्यद्वय अनिल र लोकेशको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।