0 COMMENTS

साउन ४, काठमाडौँ । कञ्चनपुरमा च्याउ खोज्न जङ्गल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । भीमदत्त नगरपालिका–१९ स्थित बागफाँटाका महिला आइतबारदेखि सम्पर्कविहीन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार उनीहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र गएका थिए । बेपत्ता हुनेमा दशरथ टोलकी सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेको प्रहरीले जनाएको छ ।

उनीहरू दुईवटा छुट्टाछुट्टै समूह बनाएर च्याउ खोज्न जङ्गलतर्फ लागेका थिए । साँझसम्म पनि घर नफर्किएपछि आफन्त र प्रहरीले खोजी कार्य तीव्र बनाएको छ । सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।