0 COMMENTS

साउन २०, काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मकवानपुर हेटौँडा उपमहानगरपालिका–१३ का ४८ वर्षीय कृष्ण लामालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।  प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको पिकअपलाई जाँच गर्दा बोरामा लुकाई  ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक कृष्णलाई पक्राउ गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।