0 COMMENTS

साउन ८, महेन्द्रनगर । समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको छ । लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्ति पक्राउ र अदालतबाट कैद र जरिवाना सजाय तोकिएर फरार अभियुक्त पक्राउमा प्रहरीले सक्रियता बढाएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा लागूऔषधसम्बन्धी मुद्दामा २० महिला र तीन सय ८९ पुरुष जनालाई पक्राउ गरिएको छ । ‘बितेको एक वर्षमा लागूऔषधसम्बन्धी २३१ मुद्दा दर्ता भएको थियो ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भने, ‘दिनहुँ जसो लागूऔषधसहित मासिन पक्राउ परेकै छन् । हामीले कारबाही र सचेतनासँगै अघि बढाएका छौँ ।’ उनले कञ्चनपुर कैलालीमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि भइरहेको कारबाही सङ्ख्याबाट स्पष्ट भइसकेको बताए । ‘प्रहरीलाई अहिलेको मुख्य चुनौती भनेकै लागूऔषध नियन्त्रण गर्नु छ ।’ रावतले भने, ‘कारागारमा पनि ३५ प्रतिशतभन्दा लागूऔषध मुद्दाकै व्यक्तिहरू छन् ।’ प्रहरी र स्थानीय प्रशासनको पहलले मात्रै लागूऔषध नियन्त्रण सम्भव नहुने भएकाले समाजका सबै नागरिक र स्थानीय सरकार गम्भीर प्रहरीको भनाइ छ । 

कञ्चनपुर प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ वर्ष खैरो हेरोइन ६५८ ग्राम, चरेश साढे ६ किलोग्राम, गाँजा ५२६ ग्राम र ट्याबलेट ७२६ वटा बरामद गरेको थियो । जिल्ला प्रहरीले सोही अवधिमा फैसला कार्यान्वयनका क्रममा जिल्लाभरबाट ५६२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कैद सजाय भुक्तानका लागि पक्राउ परेका अभियुक्तलाई अदालत हुँदै कारागार चलान गरेको प्रहरीको भनाइ छ । जरिवानाबापत असुलउपर गर्न पर्ने दुई करोड ४५ लाख रुपैयाँ असुल गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।