0 COMMENTS

वैशाख ५, काठमाडौँ । कोरोना संक्रमणबाट मंगलबार थप २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप २ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यस्तै मंगलबार १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २ सय ९१ नमुनामध्‍ये ९ सय ८० जनाको पीआर परीक्षण गर्दा १ सय ५ र १ हजार ३ सय १२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १ सय ७१ जनामा संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ९७ पुगेको छ भने संस्थागत आइसोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।