विप्लवको ‘सफल महाधिवेशन’ मा प्रस्तुत गरिएको र औपचारिक रूपमा पारित गरिएको ‘दस्ताबेज’ हेर्ने कुनै पनि राजनीतिक मानिस यो सहज निष्कर्षमा पुग्छ– त्यसमा सारसङ्ग्रहवादको डङ्गुर जमेको छ, धेरैभन्दा धेरै अन्योलग्रस्त रहेको छ, कतिपय गम्भीर विषयमा सैद्धान्तिक प्रस्टताको अभाव छ । त्यसका नमुनाहरू त्यो महाधिवेशनमा प्रस्तुत गरिएको लेखमा प्रसस्त–प्रसस्त देख्न पाइन्छ । नेपाललाई समाजवाद घोषणा गर्ने विप्लवको भावनात्मक मनोकाङ्क्षा ठीक त्यही किसिमले अभिव्यक्त हुन्छ जसरी घनश्याम भुसालको नेपाललाई पुँजीवादी देश भनियोस् भत्रे मनोकाङ्क्षा अभिव्यक्त हुन्छ । घनश्याम भुसाल सामन्तवादी उत्पादन सम्बन्ध भएको नेपाललाई पुँजीवादी भएको देख्न रुचाउँछन् तर विप्लव यथार्थभन्दा धेरै टाढा समाजवादी भएको देख्न रुचाउँछन् । जस्तो उनको दस्ताबेजको पृष्ठ २ मा लेखेका छन्, ‘दलाल पुँजीपति वर्ग र श्रमिक वर्ग, पुँजीवादी आदर्शवाद र वैज्ञानिक भौतिकवादी विचार, पुँजीवादी शक्ति र कम्युनिस्ट शक्ति दलाल पुँजीवाद र वैज्ञानिक समाजवादबीचबाट नेपाली समाज गुज्रिरहेको छ ।’ विप्लवका अनुसार नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पत्र भैसकेको छ र दलाल पुँजीवादसँग लडिरहेको छ । अहिलेको अन्तरविरोध दलाल पुँजीवाद र वैज्ञानिक समाजवादका बीचमा चलिरहेको छ । वास्तवमा वैज्ञानिक विश्लेषण त के हो भने नेपालमा तमाम अन्तरविरोधमध्ये उत्पीडित नेपाली जनता र एकाधिकार पुँजीवादको दलाली गर्ने नोकरशाही दलाल पुँजीवादका बीचको सङ्घर्ष अहिलेको हो र नेपालमा वैज्ञानिक समाजवाद त के नयाँ जनवादी क्रान्ति पनि नभएको अवस्था हो । तर विप्लवले वैज्ञानिक समाजवाद र दलाल पुँजीवादबाट देश गुज्रिरहेको भत्रुले नेपाल वैज्ञानिक समाजवादी क्रान्ति सम्पत्र भैसकेको, सर्वहारा अधिनायकत्व रहेको भत्रे अर्थ आउँछ ।
उनको त्यो दस्ताबेजको पृ ३ मा दर्शन, अर्थनीति, राजनीति, सङ्गठन, संस्कृतिजस्ता विषयमा नयाँ संश्लेषण गर्नुपर्ने छ भनेका छन् । पृ ७४ मा दर्शन, अर्थशास्त्र, राजनीति, सङ्गठन, अन्तर्राष्ट्रिय क्षेत्रमा केही महत्वपूर्ण संश्लेषण गर्नुपरेको छ भनेका छन् । यसको तात्पर्य पृ ३ र पृ ७४ का बीच उल्लेख भएका विषयहरूको तादात्म्य मिलेको छैन । लेख्दै जाँदा आएका विषयहरूलाई कुनै गहन छलफल, सोचविचार र उल्लेख गरिएको छैन, बरु कसरी पाना भर्ने भत्रे चिन्ताले ग्रस्त भएको देखिन्छ ।
त्यही दस्ताबेजको पृ ६ मा आदर्शवाद र वैज्ञानिक भौतिकवाद उल्लेख गरेका छन् । यसको तत्पर्य द्वन्द्वात्मक भौतिकवाद पदावलीको प्रयोग छाडेको अर्थ लाग्छ । उनले त्यही विषय पृ ४१ मा ‘वैज्ञानिक भौतिकवादी’ दृष्टिकोणको व्याख्या गर्दै नेपालमा कम्युनिस्ट पार्टीको स्थापना र विचारको विस्तारसँगै यो द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको विकास भएर आएको छ ! भनेका छन् । यहाँ द्वन्द्वात्मक भौतिकवाद (dialectical materialism) लाई वैज्ञानिक भौतिकवाद (scientific matieialism) ले विस्थापित गरेका छन् । डाइलेक्टिकलको नेपाली अर्थ द्वन्द्वात्मक हुन्छ वा हुँदैन, त्यसबारे बहस अनुसन्धान हुन सक्छ । तर डाइलेक्टिकलको ठाउँमा साइन्टिफिक भत्रु ठूलो फेरबदल हो । यसबाट के स्पष्ट हुन्छ भने विप्लवको निम्नपुँजीवादी रोमाञ्चवाद माक्र्सवादको तोडमोड गर्नेमा रमाउँदै आएको छ । उनको रोमान्टिक अवधारणा त्यही दस्ताबेजको पृ ७९ मा देखापर्छ । उनी भन्छन्, ‘यहाँनेर दर्शनबारे अर्को गलत सोच पनि छ जसले द्वन्द्वात्मक भौतिकवादभन्दा अर्को दर्शन सम्भव छैन भनेजसरी व्याख्या गर्दछ । या मार्क्स–लेनिन–माओसम्म भएको दर्शनको विकासलाई नै अन्तिम हो जसरी व्याख्या गर्दछ । यसको सम्बन्ध दर्शनमा जडसूत्रवादसँग छ ।’ उनले पपुलिस्ट हुनका लागि दर्शनबारे नै जडसूत्रवादी तरिकाले व्याख्या गरेका छन् । माओले भनेको अर्को दर्शन पनि सम्भव छ भनेको अहिले भएको भन्दा विकसित वा मार्क्सवादमा थप विकास भत्रे हो । जसको सटिक उदाहरण मार्क्सवादमा मार्क्सवाद–लेनिनवाद र मार्क्सवाद–लेनिनवादमा मार्क्सवाद–लेनिनवाद–माओवाद हो । तर विप्लवले मार्क्सवाद–लेनिनवाद–माओवादको विस्थापन गर्न खोज्दैछन्, नयाँ विकास गर्ने नाममा क्यारियरिस्ट रुझानको प्रदर्शन गर्दैछन् र मार्क्सवादमा अपभ्रंश गर्दै विकृत पार्दैछन् । यस्तो काम विगतमा प्रुँधो, बर्नस्टिन, काउत्सकीहरूले गरेका थिए । पछि ख्रुस्चेभ र तेङ सियाओपिङले गरे । अहिले उनै दक्षिणपन्थी संशोधनवादीहरूको बिँडो थाम्न विप्लव प्रकट भएका छन् । विप्लवले मालेमावादजस्तो वैज्ञानिक प्रयोगबाट प्रमाणित भएको दर्शनलाई अनिश्चयको दर्शनमा भ्रष्टीकरण गरेका छन् । उनले त्यही पुस्तकको पृ ७९ मा लेखेका छन्, ‘यसरी गर्ने संश्लेषणलाई अनिश्चय, रक्षा र रूपान्तरणको नियममा संश्लेषण र प्रस्तुत गर्नु उचित देखिन्छ ।’ यो उनको मार्क्सवाद–लेनिनवाद–माओवादमाथिको विकिृतीकरण, भ्रष्टीकरण हो र सिद्धान्तमाथिको खेलबाड हो । यो विप्लवको बच्कना खेल पनि हो । विप्लवले त्यसमा थपेका छन्, ‘यो संश्लेषणले मुख्यतः क्रान्तिपछि वैज्ञानिक समाजवाद आए पनि वैचारिक, राजनीतिक रूपले पश्चगमन, प्रतिगमन र विचलनतिर जाने अनिश्चितता जीवितै हुन्छ । त्यसबाट वैज्ञानिक समाजवादको रक्षा गर्दै महान् साम्यवादी सभ्यतातिर बढ्न सत्ता, व्यवस्था र विचारमा निरन्तर रूपान्तरण आवश्यक हुन्छ भन्ने विचारको निर्माण गर्दछ । पृ७९ । यो संश्लेषण विप्लवको चरम् स्वस्फूर्ततावाद हो ।
खगोलशास्त्रमा अथवा भौतिक जगत्को आधारभूत प्रस्तावना दीक–कालका सन्दर्भमा जसरी आधुनिक अन्वेषणको सहायताबाट वैज्ञानिकहरूले वस्तुको गति र रूपान्तरणसम्बन्धी अनिश्चितता हुने निष्कर्ष पेस गरेका छन्, त्यो द्वन्द्वात्मक भौतिकवादी नियमभन्दा अलग होइन र हुन सक्दैन । त्यसलाई विप्लवले नितान्त जडसूत्रीय तरिकाले ग्रहण गरेका छन् । द्वन्द्वात्मक भौतिकवादी, दर्शन, साम्यवादी राजनीति, समाजवादी–राजनीतिक–अर्थशास्त्र एवम् क्रान्तिकारी सङ्गठन र वैज्ञानिक समाज विज्ञानमा ‘अनिश्चित’ जोड्दै क्रान्तिको विषयलाई असम्भव बनाउने निराशावादी निष्कर्ष निकालेका छन् । यो विप्लवको पलायनवादको अभिव्यक्ति हो । विप्लवमा देखिएको चरम अवसरवादबाट तीन कुराहरू सतहमा देखिन्छन् : प्रथम, उनले जसरी दर्शनमा अनिश्चयको सिद्धन्त जोड्नेबारे व्याख्या गरेका छन् त्यसले बताउँछ– वैज्ञानिकहरूले व्याख्या गरेकै अनिश्चयको सिद्धान्तबारे बिलकुल अनभिज्ञ छन् । दोस्रो, त्यो सिद्धान्तको झोली बोकेर उनी नेपाली क्रान्तिलाई अनिश्चितताको दिशातिर धकेल्न चाहन्छन् । यो उनको माक्र्सवाद होइन, यो वास्तवमा (apriorism) अग्रीमवाद (प्रत्ययवाद) (कुनै खास नियमको सूत्रमा प्रायोजित तर्कहरू बनाउने सिद्धान्त, दर्शन) हो । तेस्रो, विप्लवले क्रान्तिको सम्भावना समाप्त भएको देखेपछि कुत्सित स्वार्थ पूरा गर्न आवश्यक सङ्गठन कायम राख्न अनिश्चयको सिद्धान्त अगाडि सार्दै आफ्ना कार्यकर्तामा विभ्रम (illusion) पैदा गर्न चाहन्छन् जुन मानव जातिमाथि शोषण–उत्पीडन गर्न साम्राज्यवादले पैदा गरेको अहिलेको प्रमुख विशेषता हो र शङ्का र विश्वासको दोधारमा उभिएर क्रान्तिप्रेमी इमानदार मानिसको श्रम, बुद्धि र विवेकको दोहन गर्न चाहन्छन् ।
विप्लवले उनको दस्ताबेजको पृ ६ मा लेखेका छन्, ‘विश्वका १९५ देशहरूमध्ये चीन, उत्तरकोरिया, क्युबा, भियतनाम, लाओसबाहेकका सबै देशहरूमा पुँजीवादी सत्ता चलिरहेको छ ।’ विप्लवको परिभाषामा जसलाई जनवादी देशको सूचीमा समावेश गरेका छन् त्यसले समाजवादबारे विप्लवको छिपछिपे अवधारणाको सङ्केत गर्छ तर रोचक कुरा के छ भने उनको समाजवादी परिभाषाअनुसार समाजवादी देशहरूको सूचीमा पर्नैपर्ने कम्बोडिया, चिली, भेनेजुयला छुटाएका छन् । ल्याटिन अमेरिकी २१ देशहरूमध्ये सन् २०१० को दशकमा १५ देशमा समाजवादी भत्रेहरूको शासन थियो । विप्लवले उनको समाजवादी सूचीमा त्यो पनि राख्न भुलेका छन् ।
यो त भयो विप्लवको कुरा । जहाँसम्म समाजवादी देश हुने कुरा छ, आर्थिक विकास र समाजवादी नामकरण मात्र पर्याप्त हुँदैन । समाजवादी देशको समाजवादी नीति हुनु अनिवार्य हुन्छ । समाजवादी देशको पहिलो नीति के हो ? विप्लवका लागि यसको जबाफ सायदै भेट्टिन सक्छ । माक्र्सले भत्रुभएको छ, समाजवाद भनेको स्थायी क्रान्तिको घोषणा हो । स्थायी क्रान्तिको घोषणा भनेको वर्गविभाजन गर्ने सबै प्रकारका उत्पादन सम्बन्धको अन्त्य गर्नु, त्यस उत्पादन सम्बन्धको जगमा बनेको सामाजिक सम्बन्धको अन्त्य गर्नु, त्यो सामाजिक सम्बन्धअनुसार बनेको सांस्कृतिक सम्बन्धको अन्त्य गर्नु र मानिसका चेतनाहरूलाई निरन्तर क्रान्तीकृत गर्दै लैजानु स्थायी क्रान्तिको उद्घोषण हो । त्यसमा लेनिनले थप्नुभएको छ, वास्तविक अन्तर्राष्ट्रियतावादी बत्रु अथवा आफ्नो देशमा क्रान्ति सम्पत्र गरिसकेपछि त्यही प्रकारको क्रान्तिका लागि सबै देशहरूमा सम्पूर्ण रूपले सहयोग गर्नु । के कुनै पनि मानिसले विप्लवका समाजवादी देशहरूमा समाजवादका आधारभूत मान्यताहरू लागू भएको देख्न सक्छ ? के विप्लवले जसलाई समाजवादी देश भनेका छन् त्यहाँ कुनै सैद्धान्तिक बहस छैनन् ? उनले यसरी प्रस्तुत गरेका छन्, मानौँ उनले भनेका समाजवादहरू रहस्यका चौबीस क्यारेटका सुन हुन् जसको कुनै खोट छैन । जब उनी आफूलाई अब्बल दर्जाको क्रान्तिकारी मान्छन् त्यो अब्बलतामाथि कैयौँ प्रश्नहरू उठ्छन् भने त्यहाँ पनि त बहस हुनसक्छ ! जसलाई विप्लवले समाजवाद भनेका छन् त्यहाँ विभित्र विषयमा, वास्तविक समाजवादका बारेमा अथवा वैज्ञानिक समाजवादका बारेमा र उनीहरूले प्रयोग गरेको समाजवादका बारेमा मैत्रीपूर्ण बहस हुनसक्छ । हो, यी देशहरूले समाजवाद भत्रे गरेका कारण उनीहरूसँग समाजवादका बारेमा मैत्रीपूर्ण बहस हुनसक्छ । समय र परिस्थितिअनुसार त्यसलाई इन्कार गर्न सकिँदैन तर समाजवादको सूचीमा जसरी विप्लवले व्याख्या गरेका छन् त्यसले उनको समाजवादप्रतिको अनभिज्ञता र समाजवादको बाहुल्य देखाउनुपर्ने केवल रोमाञ्चको अभिव्यक्ति दिन्छ । त्यही दस्ताबेजको पृ ५३ मा ‘विश्वका सत्तासीन कम्युनिस्ट धारा’ भन्दै व्याख्या गरेका छन् र चीन, कोरिया, भियतनाम, क्युबा, लावसको नाम उल्लेख गरेका छन् । विप्लवले ठाउँठाउँमा ख्रुस्चेभ र देङको विरोध त गरेका छन् परन्तु ख्रुस्चेभ र देङको दार्शनिक बाटो समातेर उनी स्वयम्ले उपमाका रूपमा प्रयोग गरेको ‘केसे रानाको लँगौटी’ उनको समाजवादको झन्डाका रूपमा उठाएका छन् । यसको तत्पर्य के हो ? स्पष्ट छ– उनी अहिले विश्वमा समाजवादी देशहरू भएको मान्दछन् जसको तात्पर्य के हो भने उनलाई समाजवाद भनेको के हो, यसका विशेषताहरू के हुन्छन् भत्रे कुराको जानकारी छैन । दोस्रो कुरा के हो भने समाजवादका नाममा उनले त्यही बाटो अँगालेका छन् जुन आजका संशोधनवादीहरू, साम्राज्यवादीहरू, राजकीय सामाजिक पुँजीवादीहरूले अँगाल्ने गरेका छन् । त्यही कारण त हो, अहिले विप्लव–प्रकाण्ड गुट राजनीतिक हिसाबले केपी ओली र कमल थापाको नजिक देखिएको ! किनभने जस्तो प्रकारको दर्शन अवलम्बन गरिन्छ त्यही प्रकारको व्यवहार जीवनमा अपनाइने हुन्छ ।
उनले आफ्नो दस्ताबेजमा कम्युनिस्ट पार्टीका नाममा सम्पूर्ण फोहोरको डङ्गुर थुपारेका छन् जसको पछाडि लाग्नु हामीलाई आवश्यक त हुँदैनथ्यो तर यो वैचारिक प्रवृत्ति हो जुन कुरा कहीँ न कहीँ, कोही न कोहीलाई असर त पारी नै हाल्छ । त्यसकारण पनि गलत नीति र सिद्धान्तको प्रतिवाद गर्नु अनिवार्य बन्छ र सत्य कुरा स्थापित गर्नु कम्युनिस्ट क्रान्तिकारीका लागि आवश्यक हुन्छ ।
अन्तर्राष्ट्रिय जगत्मा अहिले पनि अन्तरसाम्राज्यवादी अन्तरविरोध, साम्राज्यवाद र उत्पीडित राष्ट्र र जनताका बीचको अन्तरविरोध, पुँजीपति वर्ग र सर्वहाराबीचको अन्तरविरोध प्रमुख अन्तरविरोध हुन् भत्रे मान्यता रहेको छ । यो आधारभूत रूपले सही र वैज्ञानिक विश्लेषण हो । त्यसमा हाम्रो पार्टीः नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले उत्पीडित राष्ट्र र उत्पीडित जनता भनेर अलग गर्नुपर्ने विषय उठाएको छ । त्यसो गर्दा साम्राज्यवाद र उत्पीडित राष्ट्र र साम्राज्यवाद र उत्पीडित जनताका बीचको अन्तरविरोध हुन पुग्छ । यस विषयमा अन्तर्राष्ट्रिय बहसको आवश्यकता छ र हुने पनि छ ।
परन्तु विप्लवले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा व्याख्या गरिएको अन्तरविरोधको संश्लेषणलाई पन्छाएर पूरै मनोगत, सतही र स्वेच्छाचारी विश्लेषण गरेका छन् र यसो गर्दा न चलनचल्तीको नीति परित्याग गर्नुको कारण व्याख्या गर्छन्, न नयाँ किन अपनाउनुपर्यो भत्रेबारे । उनी आफ्नो सङ्गठनलाई केबल आफ्नो अवस्तुवादी, अधिभूतवादी सोचहरूको हजुरिया तयार गर्ने उपकरण मात्र बनाउन चाहन्छन् । यो उनको मार्क्सवाद नभएर उपकरणवाद (instrumentalism) हो ।
कतिपय ठाउँमा उनले नयाँ परिभाषा दिने नाममा अर्थहीन वाक्यहरूको गठन र असान्दर्भिक शब्दहरू प्रयोग गरेका छन् भलै यो उनले महाधिवेशनको भेलामा जम्मा भएका कमरेडहरूलाई सुनाउन र नयाँ गरेको चक्मा दिनकै लागि तयार गरेका हुन् । जस्तो पृ १७ मा उनले लेखेका छन्, ‘संसद्वादी दलहरू एउटा निगम पुँजीका कम्पनीजस्ता र संसद्वादी नेताहरू बानियाँका कामदारजस्ता बन्दै गएका छन् ।’ यो उनको उपमा त होला, किन्तु अर्थहीन वाक्य गठन र उपमाले उनको बुझाईको सीमालाई मात्र अभिव्यक्त गर्दछ ।
विप्लवको दस्ताबेज सैद्धान्तिक अस्पष्टताको पोको हो भत्रे तथ्य छरपस्ट देख्न सकिन्छ । उनले दस्तबेजको पृ २३ मा लेखेका छन्, ‘वैज्ञानिक समाजवादको अनुसन्धान नहुदासम्म यो (सन्सददवादी) राजनीतिक कार्यक्रम अग्रगामी, प्रगतिशील र क्रान्तिकारी थियो ।’ उनको यो भनाइले दुई तथ्यहरूलाई उजागर गर्छ : पहिलो, विप्लवको बुझाइमा अहिलेसम्म पनि वैज्ञानिक समाजवादको अनुसन्धान नभएको हुन्थ्यो भने संसद्वादी व्यवण्स्था क्रान्तिकारी, प्रगतिशील र अग्रगामी भई नै रहन्थ्यो । यो उनको अधिभूतवाद, उपकरणवादको सटिक नमुना हो । दोस्रो, उनको विचारमा वस्तुगत जगत् प्रधान नभएर चेतनाको जगत् प्रधान हो । किन ? किनकि मार्क्सवादी मान्यता अथवा विज्ञानसम्मत तथ्य त के हो भने समाज विकासका क्रममा मानव जातिका लागि कुनै पनि समाज सुरुमा अग्रगामी, प्रगतिशील र क्रान्तिकारी हुने गर्छ । जब कुनै समाज कुनै खास समयमा अग्रगमनका लागि बाधक बन्छ त्यतिबेला त्यो प्रतिगामी बन्छ र त्यसले अग्रगमनको बाटो, सिद्धान्त, राजनीति, दर्शन पैदा गर्छ । यो हो मार्क्सवादी दृष्टिकोण । यसैलाई हो माओले दर्शन भनेको सङ्घर्ष हो भत्रुभएको । विप्लवका अनुसार पदार्थ र चेतनाको अन्तरसम्बन्धमा पदार्थ प्रधान मानिने भौतिकवादका विपरीत चेतना प्रधान हुने आदर्शवाद प्रमुख हुन आउँछ । उनको बुझाइमा पदार्थ प्रधान नभएर चेताना प्रधान हुन्छ किनकि समाजवादी चेतना विकास भएको हुँदैनथ्यो भने संसद्वाद क्रान्तिकारी भइरहन्थ्यो तर जब उनले ठाउँ–ठाउँमा पदार्थ प्रधान हो भत्र पुग्छन् त्यो उनको वास्तविक माक्र्सवादको बुझाइ होइन, केवल मार्क्सवादी शब्दहरूको तोतारटाइ मात्र हो । यसप्रकारको बुझाइबाट विप्लव मार्क्सवादका शिष्य होइन, प्रुँधोका पछौटे भएका छन् ।
लेख्दै जाँदा विप्लवले मजदुर वर्गको भूमिकाबारे छलफल गरेका छन्, ‘अहिले पनि यो वर्ग परिवर्तनकै पक्षमा देखिन्छ ।’ (पृ ३३) । यसको तात्पर्य हो मजदुर वर्ग कुनै समयमा परिवर्तनका पक्षमा थिएन र भोलि पनि हुनेछैन अथवा मजदुर वर्ग अस्तित्वमा आएपछि कुनै समयदेखि परिवर्तनको पक्षमा आयो । भोलि नहुन सक्छ । उनको यो बुझाइले मानव समाजको ऐतिहासिक विकासक्रमलाई निषेध मात्र गर्दैन, अपितु उनी भीषण प्रकारको मनोगतवादमा फसेको स्पष्ट हुन्छ । मार्क्सवादी बुझाइ त के हो भने मानिसको जाति, समाज, संस्कृति र दक्षताको विकासमा मानवश्रम र श्रमिक वर्गको भूमिका त्यो दिनदेखि सुरुआत भएको थियो जुन दिन मानिसमा रूपान्तरित हुने जनावरले चार खुट्टाको सट्टा दुई खुट्टाले टेक्ने भयो र दुई हातलाई स्वतन्त्र तरिकाले परिचालन गर्दै आफ्नो व्यवस्थापनका लागि काम गर्न थाल्यो जसले मानिसको जीवनमा, समाजमा, पछि देशमा र विश्वमा निरन्तर क्रान्ति ल्याइरहेको छ र यो प्रक्रिया साम्यवादपछि पनि निरन्तर रहनेछ । यो तथ्यलाई नजरअन्दाज गर्दै विप्लवले अत्यन्त भोलाभाला, बच्कना, बेतुकको तर्क गरेका छन् । विषय सानोजस्तो देखिन्छ, शब्द थोरै मात्र प्रयोग भएका छन् तर उनको दृष्टिकोणमा भएको खोट पूरै उत्रिएको छ । यस्तै प्रकारको अभिव्यक्ति उनले पृ ३५ मा गरेका छन् जहाँ उनी वर्गविश्लेषण गर्दै आबारा वर्गलाई पनि एउटा वर्गका रूपमा देख्छन् । यहाँ वर्गको अर्थ के हुन्छ, त्यो बुझ्नु आवश्यक छ । वर्ग भनेको– समान दृष्टिका कुनै जाति, पेसा, वर्ण, श्रेणी, स्तर, आकारप्रकार आदिको समूह भत्रे हुन्छ । त्यस्तै, समान धर्म, संस्कृति, भाषा आदि हुने मानिसहरूको समूह वा जमात; दल श्रेणी, दर्जा, विभाग वर्ग हुने गर्छ । कुनै पनि वर्गको समाजले निर्धारण गरेको निश्चित प्रकारको सामाजिक, आर्थिक, मनोवैज्ञानिक, सामुदायिक प्रणाली हुन्छ । तर के आबारा वर्ग समाजको त्यस्तो वर्ग हो जसले पुँजीपति वर्ग, सर्वहारा वर्ग, मजदुर वर्ग, किसान वर्ग, बुद्धिजीवी वर्गजस्तै सामाजिक मूल्यको विशिष्ट हिस्सा ओगटेको होस्, जसले मानिसको हितका लागि सशक्त प्रकारका सामाजिक मूल्यहरूको केन्द्रीकरण गरेको होस् । होइन, आबारा भनेको समाजका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक समस्याबाट पैदा भएको समस्या हो । यसलाई वर्ग समस्या भनेर सम्बोधन गर्नु नै सही हुनसक्छ । हुनसक्छ, विश्का कतिपय कम्युनिस्ट, समाजवादी–जनवादी, कतिपय सङ्गठनहरूले आबारालाई वर्गका रूपमा परिभाषित गरेका होऊन् र त्यो सूची विप्लवले पढेका होऊन् वा अनिल विरहीहरूले कतै सुनाएका होऊन् किनभने अहिलेको दुनियाँमा जीएलबीटीक्यू (GLBT-Q) वर्गको परिभाषा हुने गरेको छ । त्यो कुनै वर्ग होइन । त्यो सामाजिक समस्या हो । उसो त विषयलाई अति सरलीकरण गर्दै जसलाई पनि वर्ग भत्र त सकिन्छ जस्तो : विप्लव–प्रकाण्ड वर्ग तर यो वर्ग होइन, सामाजिक समस्या हो । विप्लवको विश्लेषणमा आएको खोट हो ।
विप्लवको दस्ताबेजमा समाजवादी–आर्थिक प्रणालीबारे ठूलो अनुसन्धान गरेको दाबी गर्दै ‘आर्थिक सम्बन्धमा एकीकृत स्वामित्व’ (पृ ८०) भनेका छन् । उनले पृ ८१ मा लेखेका छन्, ‘निजीबाट सामूहिकतिर जाने नयाँ संश्लेषणको जरुरी छ । त्यसको ठोस अभिव्यक्ति एकीकृत स्वामित्व प्रणालीमा हुनसक्छ ।’ वास्तवमा एकीकृत स्वामित्वको वास्तविक अर्थ के हुन्छ ? एकीकृत स्वामित्वको अर्थ समाजको राजनीतिक सत्ता, अर्थतन्त्र, सामाजिक मूल्य र संस्कृतिमाथि सबैको एकीकृत स्वामित्व भत्रे हुन्छ । जस्तो यी सबैमाथि अथवा राज्यको सम्पत्तिमाथि कम्युनिस्ट, पुँजीपति, सामन्त, दलाल, नोकरशाह, सूदखोर सबै वर्गको एकीकृत स्वामित्व हुन्छ । यही हो विप्लवको अर्थनीतिमा भएको सारसङ्ग्रहवाद । विप्लवको सारसङ्ग्रहवादी अर्थनीतिका अनुसार शिवगढीको जमिनमा सामूहिक स्वमित्व कसको हुने, पार्टीका नाममा खरिद गरिएको जमिन, बाख्रा, भैँसी, सुँगुरमाथि कसको सामूहिक स्वामित्व हुने र कसरी हुने ? अन्ततः विप्लवले विश्लेषण गर्दै जाँदा ठीक त्यही ठाउँमा पुग्नुपर्छ जहाँबाट खु्रस्चेभले सुरुआत गरेका थिए– रुसी समाजवाद भनेको सबै जनताको समाजवाद हो, त्यो फालिएको पुँजीपति वर्गको, पतन भएको जारशाहको, लडिरहेका मजदुरहरूको र समग्रमा सबैको एकीकृत स्वामित्व हो । पृ ८२ मा विप्लव अगाडि लेख्छन्, ‘समाजमा हरेक नागरिक श्रम र सिर्जनात्मक काम गर्न स्वातन्त्र हुनेछ । उसले श्रम र सिर्जनात्मक कार्य गरेबापत आवश्यक र अतिरिक्त दाम पाउनेछ तर पुँजीलाई मानवजीवन र सभ्यताभन्दा माथि राख्ने सोचाइबाट श्रमिक वर्र्गलाई मुक्त गरेर मानव समाजलाई उन्नत र समृद्ध बनाउन सामूहिक स्वामित्व प्रणाली उत्तम र आवश्यक छ भन्ने चेतना भर्नेछ ।’ उनको यो अनुभव दुई वर्षको ‘जनकम्युन’ मा गरिएको श्रमको लगानी, उनले गरेको व्यवहार र त्यसबाट भएको उत्पादनको संश्लेषण हो । समाजमा हरेक नागरिक श्रम र सिर्जनात्मक काम गर्न स्वतन्त्र हुनेछ र त्यो स्वतन्त्रताको निर्धारण कसले गर्ने ? त्यो कुनै नियम र विधि बनाउने हो भने त्यो नियम र विधि कसले बनाउने ? जस्तो जनकम्युन चलाएका विप्लव र त्यो जनकम्युनमा श्रम गर्ने भाइबहिनीहरूमा विप्लवका नियम बनाउन विप्लवले बनाउँदा र त्यहाँ काम गरेका भाइबहिनीले बनाउँदा कति फरक बन्छ होला । विप्लवले भनेजस्तो त्यो सिर्जनात्मक श्रम गर्ने व्यक्तिले श्रम र सिर्जनात्मक कार्य गरेबापत पाउनुपर्ने आवश्यक र अतिरिक्त दाम कसले दिने ? कहाँबाट पाउने ? उनका यी सोचहरू विद्यमान पुँजीवाद अथवा नेपालमा चलिचलाउ दलाल पुँजीवादभन्दा फरक छैनन् । मार्क्सवादी दृष्टिकोणमा समाजवादी समाज त त्यो हो जहाँ हरेक व्यक्तिको अधिकार र कर्तब्य समाजवादी वर्गसम्बन्ध, उत्पादन सम्बन्धले सुनिश्चित गरेको हुन्छ । त्यसको व्यवस्थापन, नेतृत्व, आर्थिक पद्धति मानिसको पुँजी निर्माणको प्रक्रिया, बजारको व्यवस्थापन, आवश्यकताको आपूर्ति मानिसको स्वतन्त्रता र चाहनामा आधारित हुन्छ, त्यहीअनुसार वस्तुको अन्वेषण हुन्छ, विकास हुन्छ, उत्पादन र वितरण हुन्छ । तर विप्लवले जुन प्रकारले सोचिरहेका छन् उनले अहिले चलिरहेको दलाल पुँजीवादमा सुधार वा यसको भित्र नामकरण मात्र गरेका छन् । फेरि पनि उनी संसारको कुनै पनि समाजवादीबाट, कुनै पनि मजदुरबाट र कुनै पनि मानिसबाट अस्वीकृत हुने धारणा व्यक्त गर्छन् र भन्छन्, ‘तर पुँजीलाई मानव जीवन र सभ्यताभन्दा माथि राख्ने सोचबाट श्रमिक वर्गलाई मुक्त गरेर मानव समाजलाई उन्नत र समृद्ध बनाउन सामूहिक स्वामित्व प्रणाली उत्तम र आवश्यक छ भन्ने चेतना भर्नेछ ।’ (पृ ८२) । यसमा पहिलो कुरा पुँजीलाई मानव जीवन र सभ्यताबाट माथि नराख्ने, दोस्रो, यो सोचबाट श्रमिकलाई मुक्त गर्ने अनि शासकचाहिँ मुक्त नहुने अनि तेस्रो, बाँकी रहेको उत्पादनमा सामूहिक प्रणाली उत्तम छ भत्रे बोध गराउन चेतना भर्ने । यो हो विप्लवको समाजवादी अर्थनीति र सिद्धान्त । विप्लवका यी अर्थनीतिहरूमा अहिले चलिरहेको दलाल पुँजीवाद र विश्वका विकसित देशहरूमा चलिरहेको पुँजीवादी अर्थनीतिमा के फरक छ ? कुनै फरक छ ? बिल्कुल छैन ।
विप्लवले दस्तबेजको पृष्ट ८३ मा वैज्ञानिक सत्ता कस्तो हुने भत्रेबारे लेखेका छन् परन्तु उनले जे लेखेका छन्, त्यसको अर्थ के हुन्छ भनेर किञ्चित निधार खुम्च्याएका छैनन् । उनले जतिसुकै तामझामका साथ अधिवेशन गरेको, दस्ताबेज पास गरेको, एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाएको भने पनि यथार्थमा उनले सुधारिएको संसद्वाद अथवा संसदीय संसद्वादको वकालत गरेका छन् । उनले भनेका छन्, ‘सत्ता सञ्चालनमा जनसहभागिताका दृष्टिले दुई प्रणाली प्रयोगमा छन् : एउटा जननिर्वाचित प्रणाली र अर्को प्रतिनिधिमूलक प्रणाली । पहिलोमा सत्ता (मुख्यतः व्यवस्था) सञ्चालनमा पुग्ने प्रतिनिधिहरू जनताको प्रत्यक्ष मतबाट चुनिन्छन् भने अर्कोमा जनता पार्टी प्रतिनिधि हुँदै प्रतिनिधि चुन्नेमा हुन्छन् वा पार्टीको प्रस्तावमा जनप्रतिनिधिहरू चुनिने हुन्छन् । पहिलो प्रणाली बढी पुँजीवादी प्रजातन्त्रमा प्रयोग भएको छ भने दोस्रो प्रणाली वैज्ञानिक समाजवादमा प्रयोग भइरहेको छ (पृ ८३) । नेपालमा अहिले त्यही त छ जो विप्लवले भनेका छन् । उनले भनेको वैज्ञानिक समाजवादी प्रयोग– प्रतिनिधिमूलक प्रणाली– जनता पार्टी प्रतिनिधि हुँदै प्रतिनिधि चुन्नेमा हुन्छन् वा पार्टीको प्रस्तावमा जनप्रतिनिधिहरू चुनिने हुन्छन्– के यो नेपालमा छैन ? जस्तो विप्लव–प्रकाण्ड गुटको मित्र पार्टी एमालेको कुरा गरौँ ! यो सबै संसद्वादी पार्टीमा लागू हुन्छ । जनताले एमालेका प्रतिनिधिहरू चुन्छ वा ती प्रतिनिधिहरू पार्टीको प्रस्तावमा जनप्रतिनिधिहरू चुनिन्छन् । अथवा विप्लवलाई बुझ्न अझ सजिलो होस् भत्रका लागि यो उदाहरण दिन सकिन्छ : जनताले एमालेको प्रतिनिधि केपीलाई चुन्छन् वा ती प्रतिनिधि केपी पार्टीको प्रस्तावमा प्रतिनिधि चुनिन्छन् । यो प्रणाली वैज्ञानिक समाजवादी राजनीतिक प्रणाली हो विप्लवका लागि ।
वास्तविकता त के हो भने माक्र्सले स्पष्ट गर्नुभएको छ, जनताको शासन गर्ने जनप्रतिनिधि जनताबाटै प्रत्यक्ष रूपमा चुनिएको हुनुपर्छ । त्यसमा धेरै कारणहरू छन् । प्रत्यक्ष रूपमा चुनिने प्रणालीले नै सर्वहारा वर्ग भएको देशमा सर्वहारा वर्गको वा पुँजीवादी वर्गको सत्ता भएको देशमा पुँजीपति वर्गको वास्तविक प्रतिनिधि चुत्र सक्छ र त्यो प्रतिनिधि क्षमतावान्, सक्षम, र गतिशील हुनसक्छ । त्यसो गर्दा प्रत्यक्ष रूपमा चुनिने राष्ट्रपति प्रणाली नै डिमोक्रेसीमा सबैभन्दा उत्तम निर्वाचन प्रणाली हो । बाँकी रह्यो कुन वर्गको सत्ता भत्रे । सत्ताको सवालमा सर्वहारा वर्गको नेतृत्व गर्ने कम्युनिस्ट शासन वा समाजवादी शासन छ भने त्यहाँ समाजवादी नेतृत्व निर्वाचित हुन्छ र पुँजीवादी व्यवस्था छ भने पुँजीवादी नेतृत्व निर्वाचित हुन्छ तर राजनीतिक हिसाबले सर्वहारा वर्गको सत्ता हुने र शासकीय स्वरूप विप्लवले भनेजस्तो संसद्वादी हुने हो भने त्यो किमार्थ समाजवाद हुन सक्दैन, त्यसमा किमार्थ सर्वहारा वर्गको अधिनायकत्व हुन सक्दैन र त्यसमा नितान्त तानाशाही र निरङ्कुशता पैदा हुन पुग्छ । विप्लवको अनुभवहीन अनुभववाद केवल विगतका अनुभवहरूको अन्धानुकरण र जडसूत्रवादका रूपमा प्रकट हुन्छ जसलाई उनले वैज्ञानिक समाजवादको शासन प्रणाली भनेका छन् ।
विप्लवको संसदीय प्रणालीको छनोट जसलाई उनले वैज्ञानिक समाजवादी शासन प्रणाली भनेका छन् त्यसको अवधारणाको स्रोत के हुनसक्छ ? सम्भवतः त्यो माओकालीन चीनमा भएको प्रणालीको अनुकरण गरेको अनुमान गर्न सकिन्छ । चीनमा माओ त्सेतुङले जनप्रतिनिधि पार्टीबाट छात्रे र तिनै जनप्रतिनिधिबाट नेतृत्व छात्रे विधिबाट समाजवादी नेतृत्वको सुनिश्चित गर्नुभएको थियो । एकपटक रिमको बैठकले एउटा संश्लेषण गरेको थियो । त्यसमा भनिएको थियो– माओले चुनावमा प्रतिस्पर्धा गर्नुभएको हुन्थ्यो भने जनताबाट जित्ने सम्भावना कम हुन्थ्यो । त्यसको उदाहरण अक्टोबर क्रान्तिपछि लेनिनले संविधानसभामा प्रतिस्पर्धा गर्दा भएको बोल्सेभिक पार्टीको पराजयमा आधारित थियो । यो तर्कलाई नेपालको जनयुद्धकालमा आधार क्षेत्रमा जनसरकारको चुनाव गराउँदा माओवादी उम्मेदवारहरू कतिपय सन्दर्भमा एमाले र काङ्ग्रेसको प्रतिनिधित्व गर्ने उम्मेदवारबाट पराजित हुनुपरेको अवस्थाले पनि मलजल अवस्य दिन्थ्यो तर यी संश्लेषणहरू सारमा एकाङ्गी प्रकारका छन् । वास्तविक कुरा के हो भने त्यो परिस्थितिजन्य कुरा हो । वैज्ञानिक समाजवाद त्यति बेला मात्र वैज्ञानिक हुन्छ जति बेला समाजवाद संस्थागत भैसकेको हुन्छ । समस्त देशबासी पुँजीवादी आदर्शवादी तथा उदारतावादी आदतको सत्ताबाट मुक्त भएका हुन्छन्, उनीहरू समाजवादी विचार, चेतना, संस्कृति र सोचाइहरूबाट निर्देशित हुन्छन् तर समाजवादी शासकीय प्रणाली भन्दै समाजवादको अत्तोपत्तो नपाएका विप्लव केबल उही लङ्गडो, संसद्वादी र सारमा पुँजीवादी विचार लिएर हिँडिरहेका छन् । विप्लवले दस्ताबेजको पृ ८४ मा भनेका छन्, ‘सत्ता सञ्चालनका अनुभव, सफलता र समस्याहरूको शिक्षा लिँदै हामीले केवल पुँजीवादी प्रजातन्त्रको देखावटी प्रत्यक्ष निर्वाचन मात्र पनि होइन, पूर्वसोभियत सङ्घमा प्रयोग भएको प्रतिनिधिमार्फतको निर्वाचनलाई मात्र होइन, दुवैका समस्यालाई निकास दिने र वास्तविक श्रमिक जनतालाई सत्ता सञ्चालनमा उठाउने गरी एकीकृत निर्वाचन प्रणाली प्रयोग गर्नुपर्छ । जहाँ जनताको प्रत्यक्ष जनमत र प्रतिनिधिद्वारा निर्वाचित हुने दुवै विधिलाई सङ्क्रमणकालसम्म प्रयोग गर्नुपर्दछ ।’ यसमा विप्लवले जे भनिरहेका छन् त्यो नवऔपनिवेशिक अवस्थामा रहेका, जातीय समस्या समाधान नभएका तेस्रो विश्वका देशहरूमा हुने समावेशी चुनावी प्रक्रियाको अन्धानुकरण हो । जुन निर्वाचन प्रणाली अहिले नेपालमा समावेशी सिद्धान्तभित्र हुने गरेको छ, त्यो विप्लवले भनेको एकीकृत निर्वाचन प्रणाली प्रयोग भइरहको छ तर विप्लवले सङ्क्रमणकालसम्मका लागि भत्रे पदावली प्रयोग गरेर थोरै बहसलाई तन्काउने र सोचाइहरूमा रूपान्तरण गर्ने सम्भावनाका लागि थोरै भए पनि ठाउँ छाडेका छन् त्यति भने राम्रो पक्ष हो । यसले के स्पष्ट गर्छ भने तत्कालका लागि सामाजवादी कालमा हुने निर्वाचन प्रणाली र समाजवादको पूर्ण विकास हुँदा हुने निर्वाचन प्रणालीका बारेमा अहिलेसम्मका विश्वमा भएका अनुभवहरू, बुर्जुवा डिमोक्रेसी र सर्वहारा डिमोक्रेसीका अनुभवहरूबारे उनी बिल्कुल अनभिज्ञ छन् ।
जहाँसम्म प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको कुरा छ, जो माथि पनि एउटा प्रसङ्गमा उल्लेख गरिसकिएको छ, त्यो जनताको नेतृत्व निर्वाचन गर्ने कुरामा संसद्वादी निर्वाचन प्रणालीमा उत्तम प्रणाली हो । यो बुर्जुवा जनवादका लागि पनि उत्तम तरिका हो र सर्वहारा जनवादका लागि सबैभन्दा उत्तम प्रणाली हो ।
सङ्गठनका सन्दर्भमा विप्लवले लेनिन र माओभन्दा नयाँ ‘अनुसन्धानात्मक विधि’ को जुन हौवा दिन खोजेका छन् त्यो कुनै नयाँ कुरा होइन । विप्लवलाई हेक्का हुनुपर्छ माओले एकपटक भत्रुभएको थियो, ‘there is no right to speak without investigation’ अथवा अनुसन्धानबिना कसैलाई पनि बोल्ने अधिकार हुँदैन । विप्लवले लेखेका छन्, ‘एकीकृत जनक्रान्तिको संश्लेषण, प्रतिबन्धभित्रको अनुभव र अध्ययनबाट हामीलाई के शिक्षा र अवसर मिलेको छ भने कम्युनिस्ट पार्टीलाई निरन्तर एकताबद्ध र रूपान्तरण गर्नका लागि लेनिन र माओका विचार एवम् विधिलाई आत्मसात, प्रयोग गर्दै नयाँ विचार र विधि चाहिएको छ । त्यस्तो विचार र विधि अनुसन्धानात्मक विधि हुनसक्छ ।’ पृ ८६ । कुरा त धेरै भयानक छ : उनले भनेका छन्– लेनिन र माओका विचार र विधिहरूलाई आत्मसात गर्दै, प्रयोग गर्दै नयाँ विधि चाहिएको छ । लेनिन र माओका विधिहरूले कुन–कुन कारणले पुगेन भत्रे कुराको कुनै स्पष्टीकरण छैन । के–के कारणले नयाँ चाहिएको हो, त्यसको पनि कुनै स्पष्टीकरण छैन । उनका लागि केवल एउटै तर्क छ, ‘पुगेको छैन’ र उनका लागि नयाँ विचार र विधि चाहिएको छ । त्यो नयाँ विचार र विधि भनेको के हो ? त्यो त्यही हो जो एकीकृत जनक्रान्तिको अभ्यास, दुईबर्से प्रतिबन्धको अभ्यास र उनले त्यो प्रतिबन्धको कालमा हासिल गरेको अनुभव ! विप्लवको एकीकृत जनक्रान्ति, प्रतिबन्धभित्र हासिल गरिएका अनुभव र लिएको शिक्षाका आधारमा कुनै देशमा विप्लवको सम्पूर्ण सोचअनुसारको समाजवाद स्थापना हुने र विप्लवको अनुसन्धानात्मक विधि त्यो देशको अनुसन्धानविधि हुने हो भने त्यो देश वास्तवमा पोलपोटको कम्बोडियाभन्दा अझ भयानक हुनेछ र त्यतिबेला विप्लवको समाजवाद पोलपोटको समाजवादभन्दा सायदै बढी जान सक्ला भत्रे तथ्यमा जोकोही पनि सहज रूपमा पुग्न सक्छ । गुड लक विप्लव !!
विप्लवले आफ्नो दस्ताबेजमा पार्टीको कार्यक्रम, कार्यदिशा, रणनीति र कार्यनीतिबारे पृ. ८८ मा चर्चा गरेका छन् । उनको त्यो एकीकृत जनक्रान्ति अली बाबाको सिम–सिम मन्त्रजस्तो प्रतित हुन्छ जुन नर्सरी बच्चाका लागि रोचक कथाका रूपमा सिम–सिम उच्चारण गर्दा सम्पूर्ण पहाडको ढोका खुल्छ र पहाडभित्र सुन, चाँदी, हीरा, जुहारतको खानी भेटिन्छ । विप्लवको कार्यक्रम– वैज्ञानिक समाजवादी (पृ८९;) सङ्घर्षको कार्यदिशा– एकीकृत जनक्रान्ति नै सही छ (पृ ९०;) पर्टीको रणनीति– एकीकृत जनक्रान्तिमार्फत दलाल पुँजीवादी सत्ताको अन्त्य गर्नु (पृ ९१;), पार्टीको कार्यनीति– राजनीतिक सङ्घर्ष र वर्गसङ्घर्ष (पृ ९२) यत्ति हो विप्लवको दस्ताबेजमा भएको कार्यक्रम, रणनीति, कार्यनीति र राजनीतिक सङ्घर्ष ।
यो सबै विश्लेषणले के मात्र पुष्टि गरेको छ भने विप्लवले उल्लेख गरेको उपमा ‘केसे रानाको लँगौटी’ अब विप्लवको अराजकता, अकर्मण्यता, सारसङ्ग्रहवाद, अधिभूतवाद र समग्रमा विप्लव प्रवृत्तिको प्रतिनिधित्व गर्ने झन्डा–पताका भएको छ । उनी अहिले केसे रानाको लँगौटी समातेर नाचिरहेका छन् तर अफसोच ! ल“गौटी समातेर नाच्नेको नाच हुँदैन केवल रत्यौली मात्र हुने गर्छ ।
यो सबै विश्लेषणको योग के हो भने विप्लवले एकपटक लेखेको कविताजस्तै उनी बिहानै नुहाएर शुद्ध होऊन्, ऐना हेरेर कपाल कोरून् र आफ्नो वैचारिक कमजोरी सच्याउने कोसिस गरून् । विप्लवका लागि यही शुभकामना !!