0 COMMENTS

गर्भवती महिला, कुपोषण र पुडकोपना भएका बालवालिकाहरुलाई अण्डा वितरण कार्यक्रम

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरको आयोजनामा राष्ट्रिय पोल्ट्री दिवस, २०७९ लाई मिति २०७९/०९/११ देखि २०७९/०९/१७ गतेसम्म सप्ताहव्यापी रुपमा मनाउने सन्दर्भमा मिति २०७९/०९/१३ गतेका दिन ‘गर्भवती महिला, कुपोषण र पुडकोपना भएका बालवालिकाहरुलाई अण्डा वितरण कार्यक्रम’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल ललितपुरमा उपचाररत ७२ जना गर्भवती तथा सुत्केरी महिला र ६७ जना बालवालिका गरी १३९ जनाको लागि १५०० गोटा अण्डा अस्पतालका नरसिङ सुपरभाईजर प्रतिभा आचार्यज्यूलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरका कार्यालय प्रमुख डा। राम प्रकाश प्रधानज्यूले कार्यक्रमको उद्देश्य सहित अण्डा हस्तान्त्रण गर्नु भएको थियो भने सो समारोहमा अण्डा तथा मासु उपभोगको पौष्टिक महत्व बारे अधिकृतस्तर आठौं पशु विकास अधिकृत श्री बासुदेव नाथले जानकारी गराउनु भएको थियो साथै पाटन अस्पतालका नरसिङ सुपरभाईजर प्रतिभा आचार्यज्यूले शुभकामना मन्तव्य राख्दै कार्यक्रम सम्पन्न गरियो ।

धन्यवाद १ जय पशुधन १ जय राष्ट्रिय पोल्ट्री दिवस, २०७९ १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।