0 COMMENTS

पुस १४, काठमाडौँ । तीन पटक विश्वकप जितेका ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था झनझन् गम्भीर बन्दै गएको छ ।

अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय पूर्व फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार भएको नभएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित पेलेको डाक्टरले उच्च निगरानीमा उपचार भइरहेको छ । तर, स्वास्थ्यमा सुधार हुन नसकेको बताइएको छ ।

पेलेलाई पहिलोको अवस्थामा फर्काउन आफूहरुले गरेका सबै प्रयासले परिणाम दिन नसकेको चिकित्सकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।