0 COMMENTS

समसामयिक नेपाली राजनीतिलाई कसरी हेरिरहनुभएको छ ?

नेपालको अहिलेको स्थिति भयावह छ । राजनीतिक दृष्टिबाट हेर्दा– अस्थिरता; आर्थिक दृष्टिबाट हेर्दा– राष्ट्रिय ढुकुटीमा टाटपल्टाई; सांस्कृतिक दृष्टिबाट हेर्दा– संसद्वादी राजनीतिक नेतृत्वमा सांस्कृतिक विचलन रहेको देखा पर्छ । यसरी हेर्दा देशको समग्र सांस्कृतिक स्थिति– सम्पूर्ण क्षेत्रमा अराजकतामा फसेको देखा पर्छ । अहिलेदेखि नै संसद्वादी राजनीतिक पार्टीहरू ४ वर्षपछि आउने संसदीय चुनावका लागि प्रचारमा लागिरहेका छन् र मिसन ८४ भन्दै हिंडेका छन् । अहिलेदेखि नै चुनावको प्रचार गर्नु देशका समस्याहरूलाई जनताको दिमागबाट पन्छाएर देशको समस्या समाधान गर्ने जिम्मेवारीबाट पन्छनु हो । त्यही कामअन्तरगत कहिलेकाहीँ मध्यावधि चुनावको हल्ला पनि चलाइरहेका छन् । यो पनि देशका समस्याबाट पन्छिने प्रपञ्चको एउटा हिस्सा हो । यो संसद्वादी राजनीतिको समस्या हो ।

यता, कम्युनिस्ट आन्दोलनभित्र अर्को समस्या छ । यसमा पहिलो समस्या जनता र समाजवादका बिचको अन्तरविरोध छ । त्यो अन्तरविरोध रोचक प्रकारको छ । नेपाली जनताको हृदयमा समाजवाद छ । त्यो समाजवाद कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्र स्थापना हुन सक्छ भत्रे थाहा छ । तर, नेपालका कुनै पनि कम्युनिस्ट पार्टीहरूमाथि जनताको विश्वास शून्यजस्तै छ । त्यसको पछाडिका दुई कारणहरू छन् : पहिलो कारण, कम्युनिस्ट भत्रेहरू नैतिक रूपमा भ्रष्ट भएका छन् । वैचारिक हिसाबले आदर्शवादी, आर्थिक हिसाबले दलाल पुँजीवादी, सांस्कृतिक हिसाबले वितण्डतावादी, सामाजिक हिसाबले अराजकतावादी प्रवृत्ति नेपालका कम्युनिस्ट पार्टीहरूका समस्या हुन् । यी सबै समस्याको सार भनेको विसर्जनवाद हो । दोस्रो कारण, कम्युनिस्टहरूमा सङ्गठनात्मक हिसाबले टुटफुटको शृङ्खला देखिनु हो । टुटफुट कम्युनिस्ट आन्दोलनमा आवश्यक हो, अनिवार्य पनि बन्दछ, तर, त्यो नेपालको जनतालाई मात्र होइन, संसारका कुनै पनि देशका जनतालाई मन पर्ने व्यवहार होइन । त्यो नेपालमा व्यापक रूपमा हुने गरेको छ ।

अब, हामीले यी समस्याको समाधान दिने प्रयास गरेका छौँ र त्यो दिशामा दह्रो कदम चालेका छौँ । पहिलो संसदीय पुँजीवादी व्यवस्थामा देखिएको समस्याको समाधान दिन हामीले देशभक्त, जनवादी, क्रान्तिकारीहरूको संयुक्त सरकारको आवश्यकता ठानेका छौँ– जसलाई हामीले अस्थायी संयुक्त सरकार भनेका छौँ । यो प्रक्रियामा हामीले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरी जनवादी गणतन्त्र हुँदै वैज्ञानिक समाजवादी क्रान्तिको दिशा दिनेछौँ । दोस्रो, कम्युनिस्ट आन्दोलनमा देखा परेका समस्याको समाधान दिन हामीले प्रथमतः नैतिकवान, अनुशाशित, जुझारु र क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको प्रक्रियालाई अगाडि बढाएका छौँ । त्यसमा अर्थवाद, पलायनवाद, विसर्जनवाद, अकर्मण्यतावादजस्ता आदतको सत्ताबाट ग्रसित प्रवृत्तिहरूको अन्त्य गर्ने वैचारिक, राजनीतिक र सङ्गठनात्मक विधिहरूको विकास गरेका छौँ र द्वितीयतः क्रान्तिकारी पार्टीप्रतिको विश्वास सुनिश्चित गर्न क्रान्तिकारीहरूबिचको एकताको प्रक्रियालाई अगाडि बढाएका छौँ । त्यसको दह्रो कदमको रूपमा नेकपा (बहुमत) र नेकपा (क्रामा) को बिचको एकता सम्पत्र गरी अब केही महिनामा एकता महाधिवेशनमा प्रवेश गर्दैछौँ ।
यो सबैको योगमा समसामयिक राजनीतिक स्थिति उथल–पुथलको अवस्थाबाट गुज्रनेछ ।

नेपाली राजनीतिका पछिल्लो चरणमा केही पुनरुत्थानवादीहरूको चलमलाहटबारे के भन्नुहुन्छ ?

पुनरुत्थानवादीको चल्मलाहट हुनु अस्वाभाविक होइन । लेनिनले भत्रुभएको थियो– पराजित जारशाहीहरू पुरानो सत्ता ब्युँझाउन त्यतिबेलाको (पराजित भएको समयको) भन्दा दसौँगुणा तागत लिएर आउनेछन् । समाजमा हमेसा अग्रगामी, यथास्थितिवादी र प्रतिगमनका पुनरुत्थानवादी शक्तिहरू भइरहन्छन् । यद्यपि भित्र अवस्थामा किन नहोऊन, तथापि सबै युगहरूमा, सबै समाजहरूमा र सबै प्रकारका राज्यप्रणालीहरूमा यसप्रकारका प्रवृत्तिहरू पैदा भइरहेका हुन्छन् । अहिले नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, संघीयता स्थापना भएको छ र यो सामान्यतया करिब ३,००० वर्ष पुरानो र विशेषतः २४० वर्ष पुरानो शाहवंशीय राजतन्त्रको अन्त्यबाट भएको छ । अन्त्य भएको राजतन्त्र फकाउन नेपालका र विश्वभरका प्रतिगामीहरू, पुरातनवादीहरू, पराजित भएको भन्दा दसौँगुणा तागत लिएर आउने प्रयत्न अवस्य गर्नेछन् । तर, यो परिस्थितिको सृजना गर्ने सर्जक अग्रगामी भनिएका शक्तिहरू नै हुन पुग्छन् । जतिबेला जनताको तागतमा हासिल गरिएको परिवर्तन यथास्थितिवादमा रुमलिन पुग्छ, स्वाभाविक रूपमा पुरानो सत्ताका पुनरुत्थानवादीहरू सल्बलाउन थाल्छन् ।

पुनरुत्थानवादीहरू चल्मलाउनु स्वाभाविक हो, तर त्यो त्यत्तिकै पुनस्र्थापित हुन सक्दैन; यदि उसले विस्थपित हुँदाको भन्दा कैयौँगुणा तागत लगाउन सक्दैन भने, या उसले युग परिवर्तन गर्ने सुनिश्चिता गर्दैन भने । जब कसैले युग परिवर्तन गर्ने तागत लगाउँछ, त्यतिबेला त्यहाँ परिवर्तन हुन्छ, पुनरुत्थान भत्रे बाँकी रहँदैन । पुनरुत्थानवादीहरूका अगाडि यो सैद्धान्तिक समस्या, द्वन्द्वात्मक भौतिकवादी नियमको समस्या या भनौँ वैज्ञानिक प्रक्रियाको सास्या आइपर्छ । त्यसकारण पुनरुत्थानवादीहरूको प्रयत्न बिल्कुल प्रयत्नमा सीमित रहनेछ ।

नेकपा (क्रामा) र नेकपा (बहुमत) का बिच पार्टी एकतापछि नेपाली क्रान्तिकारी राजनीतिमा कस्तो प्रभाव परेको महसुस गर्नुभएको छ ?

नेकपा (बहुमत) र नेकपा (क्रामाको) एकता नेपाली कम्युनिस्ट आन्दोलन मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनको एउटा विशिष्ट प्रयोग हो । यसका प्रभावहरू आगामी दिनमा देखा पर्दै जानेछन् ।

नेपाली जनतामा यसले क्रान्तिप्रति आशावादी बनाएको छ । हामीले माथि नै भनेजस्तै कम्युनिस्टहरू विभिन्न आवश्यकता र परिस्थितिका कारण टुटफुट भए पनि आवश्यकताले एकताबद्ध हुन पनि सक्छन् भत्रे प्रस्ट भएको छ ।

पार्टीको आगामी एकताको महाधिवेशनको तयारी कसरी अघि बढिरहेको छ ?

एकता महाधिवेशनका लागि सङ्गठनात्मक कामहरू अगाडि बढेका छन् । वैचारिक कामको क्षत्रमा कार्यदिशा निर्माणको क्षेत्रमा बहस हुनेछ । सङ्गठनात्मक हिसाबले एउटा क्रान्तिकारी पार्टी निर्माण गर्ने प्रक्रिया चलिरहेको छ ।

अन्तर्राष्ट्रिय राजनीतिबारे यहाँको विश्लेषण के छ ?

अन्तर्राष्ट्रिय राजनीतिको सन्दर्भमा पनि दुई पक्षहरू छन् ः एउटा विश्व पुँजीवादी राजनीति र अर्को समाजवादी राजनीति । पुँजीवादी राजनीतिबारे विश्लेषण गर्ने हो भने विश्व अहिले अत्यन्त अस्थिर अवस्थामा रहेको छ । बिसौँ शताब्दीको उत्तराद्र्धमा जसरी राजनीतिक र आर्थिक क्षेत्रमा सापेक्षित स्थिरताको अवस्था देखिएको थियो, त्यो करिब अन्त्य भएको छ । अमेरीका, रुस, नाटोसम्बद्ध देशहरू युद्धमा होमिन विवश भएका छन् । चीन, जापान अस्ट्रेलियासमेत परोक्षरूपले कुटनीतिक तथा आर्थिक युद्धमा तानिन पुगेका छन् । यो विश्वबजारको छिनाझपटीका लागि भएको खेल हो ।

अर्को क्षेत्र उत्पीडित जनताको हो । विश्व साम्राज्यवाद अथवा भूमण्डलीकृत साम्राज्यवाद र उत्पीडित जनताको बिचको अन्तरविरोध अहिलेको प्रमुख अन्तरविरोध हो । त्यसले विश्वभरका जनतामा हैरानी, बेचैन, अशान्ति, आर्थिक मन्दीजस्ता समस्याहरू पैदा भएका छन् । पुँजीवादीहरूले मिहिनेत जनताका लागि कोभिडपछिको परिस्थिति फलदायी भएको विश्लेषण गर्न थालेका छन् । तर, मिहिनेत गर्न नपाउने जनताका लागि परिस्थिति अत्यन्त प्रतिकूल बनेको छ । त्यसरी मिहिनेत गर्ने परिस्थिति निर्माण गर्ने जिम्मा तिनै एकाधिकार पुँजीवादीहरूको हातमा रहेको अहिलेको विश्व व्यवस्थाले दिएको छ ।

यो परिस्थितिले विश्व राजनीतिमा उथल–पुथल पैदा गर्ने अवस्था सृजना गर्न सक्छ । यसका लागि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पनि त्यही तरिकाले विकास गर्न आवश्यक छ, जुनस्तरमा एक्काइसौँ शताब्दीको भूमण्डलीकृत पुँजीवादको भएको छ । यो एउटा सैद्धान्तिक प्रश्न हो । लेनिनले अन्तर्राष्ट्रियतावाद भनेको आफ्नो देशमा क्रान्ति गर्ने र त्यही प्रकारको क्रान्तिका लागि अन्य देशहरूमा सम्पूर्णरूपले पूर्णचित्तले लागिपर्नु हो भत्रुभएको थियो । लेनिनको यो परिभाषा बिसौँ शताब्दीको सुरुआतमा थियो । हामी एक्काइसौँ शताब्दीमा छौँ र अहिले बिसौँ शताब्दीको सैद्धान्तिक जगमा उभिएर एक्काइसौँ शताब्दीको परिभाषा गर्नुपर्ने भएको छ । यसरी हेर्दा अहिलेका कम्युनिस्टहरूले जसरी भूमण्डलीकृत साम्राज्यवादले विश्वभर उत्पीडन चलाइरहेको छ, त्यसको प्रतिवादमा विश्वभरका कम्युनिस्टहरूले विश्व साम्यवादका लागि एकताबद्ध भएर संघर्ष गर्ने अन्तर्राष्ट्रिय सङ्गठनात्मक विधिको विकास गर्नुपर्छ ।

हाम्रो पार्टीले त्यसप्रकारको अन्तर्राष्ट्रियका लागि पहलकदमी लिइरहेको छ ।

नेपालमा क्रान्तिकारी राजनीतिक सङ्कटको सिर्जना गर्दै अग्रगामी राजनीतिक परिवर्तनबारे पार्टीले कसरी सोचिरहेको छ ?

नेपालमा हमेसा राजनीतिक सङ्कट पैदा हुँदै आएको, त्यसको सृजना गर्नुपर्ने आवश्यकता नै छैन । त्यो स्वयम् सृजित छ र नेपालको नोकरशाही दलाल पुँजीवादले त्यसको निरन्तर सृजना गर्दै आएको छ । अब, नेपाली जनताको आवश्यकता अग्रगामी राजनीतिक परिवर्तन हो । त्यो भनेको नेपालमा जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्ने कुरा हो । त्यसका लागि हामीले क्रान्तिकारी कार्यदिशा निर्माण गर्ने प्रक्रियामा पार्टी एकतापछि एकता महाधिवेशनको प्रक्रियामा लागेका छौँ । वैज्ञानिक समाजवादका लागि बनाइने रणनीति, कार्यनीति र कार्यक्रमको शृंखला राजनीतिक कार्यदिशा हो । यो कार्यदिशा सैन्य रणनीति, कार्यनीति र कार्यक्रमसहितको सैन्य कार्यदिशा राजनीतिक कार्यदिशासँग जोडिँदा समग्र राजनीतिक कार्यदिशा हुन पुग्छ । त्यो कार्य पुरा गर्न हामी लागिपरेका छौँ ।

एमसीसीलगायतका राष्ट्रियतासम्बन्धी गम्भीर मामिलाबारे पार्टीको खास धारणा के हो ?

यो विषयमा हामी स्पष्ट छौँ र जनतालाई स्पष्टरूपले बताइरहेका छौँ कि एमसीसी एउटा राष्ट्रघाती परियोजना हो । नेपालमा यसको अन्त्य गरिनुपर्छ । नेपालबाट यो फिर्ता लगिनुपर्छ । यसले नेपाल र अमेरिकाबिचको मित्रवत् सम्बन्धलाई प्रतिनिधित्व गर्दैन । यो नेपाली जनताका लागि सहयोग होइन, यो त नेपालभित्र साम्राज्यवादी अस्थिरता, लुटपाट, युद्ध र विध्वंस मच्चाउने ट्रोजन हर्स हो । यो तथ्य सबै नेपालीले बुझ्नुपर्छ र एमसीसीलाई नेपालको सन्दर्भमा खारेज गर्नुपर्छ ।

देशमा बढिरहेको आर्थिक मन्दीसम्बन्धी पार्टीको आर्थिक विश्लेषण के हो ?

नेपालमा अर्थिक मन्दी छ । त्यसको पछाडिको मुख्य कारण नेपालको राष्ट्रिय औद्योगिक उत्पादन नहुनु हो । नेपालका उद्योगहरू नेपाली छैनन्, साम्राज्यवादी छन् र उनीहरूले साम्राज्यवादी लुट चलाएका छन् । नेपालको कच्चा पदार्थ कौडीको भाउमा लुटपाट गरिएको छ र बिक्री नै हुँदा पनि कच्चा पदार्थको आफैँमा धेरै मूल्य हुन पनि सक्दैन । कृषि उत्पादन पिछडिएको अवस्थामा छ । कृषि उपजबाट श्रमको मूल्य नआउने भएपछि मानिसहरू कृषि पेसा छाडेर विदेसिने प्रक्रिया चलेको छ । खेतबारी बाँझै रहेका छन् । जमिनको मूल्यमा भएको वृद्धिले जमिन जति भू–माफियाको हातमा केन्द्रित हुँदै गएको छ ।

बैंकहरूको लुटपाट र डकैती थामिसक्नु छैन । सरकारले पुँजी पलायन रोक्ने कुनै उपाय दिन सक्दैन । किनकि दलाल पुँजीवादसँग त्यसको कुनै उपाय पनि रहँदैन । बैंकिग लुटपाटका लागि अनेक प्रकारका उपायहरूको प्रयोग गरिएको छ । त्यसको पछिल्लो उपाय भनेको मिटरब्याज, सहकारीबाट बितरण गरिने सामुहिक ऋण प्रणाली, चर्को ब्याज प्रणाली हुन् । श्रम निर्यातबाट आउने विप्रेषण (रेमिटेन्स) बाट देश चलेको छ । विप्रेषणभन्दा बढी विप्रेषण पठाउनेहरूको लास आउने गरेको छ । यसले देशमा आर्थिक मन्दी बढाइरहेको छ ।

पार्टीले गर्ने आर्थिक विश्लेषण त एउटा कुरा भयो, यसलाई नियन्त्रण र निर्मूल गर्ने उपाय के हो ? यसको एउटा मात्र उपाय देशमा राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्नु । बन्द भएका उद्योगहरू संचालन गर्नु, नयाँ उद्योगहरू खोल्दै जानु, विश्वबजारको लागि आवश्यक पर्ने गुणस्तरीय सामानको उत्पादन गर्नु र विश्वबजारसँग संघर्ष र एकताको द्वन्द्वात्मक सम्बन्ध बनाउँदै पुँजीवादले भनेको उदार अर्थ प्रणालीको उपयोग गर्दै आर्थिक सहकार्यमा भाग लिन सक्षम बनाउनु । यो काम त्यति सजिलो छैन र पुँजीवादीहरूको नेतृत्वमा त्यो काम हुन पनि सक्दैन । किनकि अहिले नेपालमा र नेपालजस्तै अविकसित तथा अल्पविकसित देशहरूमा पुँजीवादीहरूले पुँजीवादी चरित्र निर्वाह गर्न सक्दैनन्, उनीहरू दलाल पुँजीवादी हुन विवश हुन्छन् । त्यसकारण यसको नेतृत्व केवल कम्युनिस्ट पार्टी र कम्युनिस्टहरूले मात्र गर्न सक्छन् । त्यसकारण नेपालमा पहिलो सर्त तत्कालका लागि जनगणतन्त्र हुनुपर्यो र वैज्ञनिक समाजवाद हुनुपर्यो । यो नेपाली जनताले अहिलेको आर्थिक मन्दीबाट वास्तविक रूपमा मुक्ति पाउने उपाय हो ।

नेपालमा तत्काल युवा पलायनता रोक्ने कुनै उपाय छैनन् ? छन् भने कस्ता होलान् ती उपाय ?

नेपाली युवा पलायनको प्रश्न नेपालको राजनीतिक र आर्थिक प्रश्नसँग जोडिएको छ । जहिलेसम्म दलाल पुँजीवाद रहनेछ, तबसम्म युवा पलायन रोकिनेछैन । त्यो एउटा कुरा भयो । दोस्रो कुरा, अहिले तत्काल युवा पलायन रोक्ने कुनै उपाय छैन त ? अवश्य पनि छन् । जस्तो हामीले नेपालको सत्तासँग माग गर्दै आएका छौँ, एक, हरेक नागरिकका लागि निःशुल्क शिक्षा प्रदान गर्ने र शिक्षामाथिको व्यापारीकरण पूर्णरूपमा बन्द गर्ने; दुई, देशको सम्पूर्ण नागरिकका लागि स्वास्थ्य बिमा अनिवार्य गर्ने, कुनै पनि अस्पतालमा कुनै पनि नागरिकले कुनै पनि स्वास्थ्य समस्याको सम्पूर्ण रूपले निःशुल्क स्वास्थ्य उपचार पाउने र त्यो बिमाको रकम भुक्तान गर्न हरेक नागरिकका लागि राज्यले रोजगारीको अवसर प्रदान गर्ने; तीन, हरेक नागरिकका लागि राज्यले रोजगारीको अवसर पैदा गर्ने, खर्चको समय तोकिएको विकास बजेट समयमै समयमै खर्च गर्ने, हरेक मानिससँग राज्यले प्रगतिशील कर प्रणाली लागू गर्ने नीति बनाउने हो भने तत्कालको युवा पलायन रोकिन सक्छ ।

तर, यसप्रकारको नीति बनाउनका लागि पहिलो सर्त नेपालको संसदीय प्रणालीको अन्त्य गर्नुपर्छ, नेपालको संविधान बदल्नुपर्छ, त्यो संविधानको जगमा बनेका नेपाली कानुनहरू बदल्नुपर्छ, राजनीतिक र आर्थिक क्षेत्रमा प्रगतिका लागि बन्धक बनाउने हतकडी र नेलकडीका रूपमा हस्ताक्षर गरिएका अन्तर्राष्ट्रिय सन्धि र सहमतिहरू खारेज गरिनुपर्छ । त्यसरी खारेज गर्दा आइपर्ने परिणाम थेग्नका लागि जनताको एकता बनाइराख्न विश्वसनीय शासन प्रणाली स्थापित गरिनुपर्छ । त्यसका लागि जनताको आन्दोलनबाहेक अर्को विकल्प छैन । यो तथ्यलाई हामीले उच्चारण गर्नुबित्तिकै जनताले भन्दा दसगुणा बढी तीब्रतामा पुँजीवादीहरूले बुझ्छन र तीब्ररूपमा जनतामा परिवर्तकना विरुद्ध भ्रम पैदा गर्छन । यो भ्रमलाई चिर्ने र संघर्षमा जाने काम पनि युवाहरूले गर्नुपर्छ ।

पार्टीको एउटा टिम भूकम्प प्रभावित रुकुम–जाजरकोटमा पुगेको छ । पार्टीको पहलमा त्यहाँ उद्धार, राहत तथा पुनर्निर्माणको काम कसरी अघि बढिरहेको छ ?

जाजरकोट क्षेत्रलाई भूकम्पले ठूलो प्रभाव पार्यो । त्यो क्षेत्रमा परम्परागत रूपमा बनाइएका करिब ४५ हजार घरहरूमध्ये करिब ९ हजार घरहरू पूर्ण रूपले ध्वस्त भएको रिपोट पाइएको छ । भत्केका घरमा च्यापिएर धेरै मानिसहरूको जीवन पनि गएको छ । उपेक्षित रूपमा रहेका ग्रामीण क्षेत्रहरूलाई अब सरकारले राम्रोसँग व्यवस्थित गर्नुपर्छ भत्रे हाम्रो पार्टीको माग छ । त्यसप्रकारको व्यवस्थित कसरी हुन सक्छ त ? त्यसका लागि सरकारले पहिलो कुरा सुरक्षित स्थानमा एकीकृत बसोबासको व्यवस्था गर्नुपर्छ । सहरीकरण गरी घरहरू निर्माण गरिदिनुपर्छ । बसोबास भएको स्थानमा यातायात पुर्याइदिनुपर्छ । त्यस्तैगरी, पुराना घर भएका स्थानहरू पैह्रोले बगाएको पनि हामीले देख्यौँ । ती स्थानहरूमा व्यावसायिक खेतीहरूमा प्रोत्साहित गरिनुपर्छ । त्यसको बारेमा के गर्न सकिएला भनेर हाम्रो पार्टीले पनि सोचिरहेको छ ।

यही सिलसिलामा जनतालाई तत्काल राहत दिन हाम्रो पार्टीको तर्फबाट पहलकदमी पनि लियौँ । पार्टीको कार्यालय सदस्य कमरेड दीपकको नेतृत्वमा हामीले अत्यन्तै अफ्टेरोमा परेका जनताको बासका लागि टहराहरू निर्माण गर्ने काम गर्यौँ । कार्यालय सदस्य कमरेड सुदर्शनको नेतृत्वमा करिब ४० लाखको राहत सामाग्री त्यहाँका जनतामा बितरण गर्यौँ । अन्य पार्टीहरूले पनि आफ्नो हैसियतअनुसार सहयोग गरेका छन् । फेरि पनि यो एउटा अस्थायी सहयोग हो । स्थायित्वको लागि सरकारले धेरै मद्दत गर्नुपर्छ । नयाँ योजना निर्माण गर्नुपर्छ । पुरानोको ध्वंसलाई नयाँ निर्माणको अवसरको रूपमा बदल्नुपर्छ ।

हुन त सम्पूर्ण नेपाल भूकम्प जोखिम क्षेत्र हो । यसलाई मध्यनजर गर्दै सरकारले मानिसको जीवन र सम्पत्ति नोक्सान हुनुपहिले नै आवास र उत्पादनमा ध्यान दिनुपथ्र्यो । तर, नेपालको नोकरशाही दलाल पूँजीवादी सत्ताले त्यसो गर्न सम्भव छैन । किनभने, यदि जनताको हितमा काम गर्ने प्रणाली स्थापना भयो भने त्यसको चरित्र नोकरशाही दलाल पुँजीवादी नै रहँदैन, त्यसको मतलव देशको राष्ट्रिय सम्पत्तिमाथिको लुटपाट पनि हुँदैन, त्यसको मतलव देशको समग्र विकासको प्रक्रियामा जनता एकताबद्ध हुने स्थिति निर्माण हुन्छ । नोकरशाही दलाल पुँजीवादले निःसन्देह जनताको हितमा काम गर्न सक्दैन । तर, जे होस्, हाम्रो पार्टी सदैब जनताको बिचमा रहने, सदैव देशको आमूल परिवर्तनका लागि संघर्ष गरिरहने पार्टी हो । जाजरकोट, रुकुम र आसपासको भूकम्पले प्रभाव पारेको क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणको काम कुनै न कुनै रूपमा अघि बढिरहेको छ ।

अन्त्यमा, आगामी नेपाली राजनीतिलाई कसरी आँकलन गर्नुहुन्छ ?

नेपालको आगामी राजनीति संसद्वाद रहँदासम्म अस्थिरता, अन्योलता र अकर्मण्यतामा फसिरहनेछ । त्यसले नेपाली जनतामा एउटा विद्रोहको भावना पैदा गर्दै गएको छ । हामीले देखिरहेका छौँ, नेपाली जनताले अहिलेको दलाल पुँजीवादी व्यवस्थाको विकल्प खोजिरहेका छन् । यो विकल्प भनेको न त अहिलेको यथास्थितिवादी नोकरशाही दलाल पुँजीवादी संसदीय व्यवस्था हुन सक्छ, न पुरानो राजतन्त्रको पुनरुत्थान । अहिले देखिएको नेपाली राजनीतिको विकल्प तत्कालका लागि जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवाद हुन्छ र त्यसले मात्र नेपाली जनताका राष्ट्रियता, जनतन्त्र, जनजीविकाजस्ता आधारभूत समस्याहरू समाधान गर्दै वैज्ञानिक समाजवादमा जान सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।