0 COMMENTS

वैशाख ४, काठमाडौँ । स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । डाँडाखर्क गाउँबाट वालिङ तर्फ आँउदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका–१२ डाँडाखर्कमा पल्टिएको हो ।

आइतबार बिहान १० बजे वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित भित्री सडक खण्डमा जीप पल्टिँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जीप सडकबाट करिव दुई सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा वालिङ नगरपालिका–१२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर दाला, ४५ वर्षकी हिरा दाला, २५ वर्षकी शर्मिला सारु, ६१ वर्षकी कुलकुमारी कनौजे र शर्मिला सारुका छोरा ६/७ महिनाका बालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा जीप चालक ६० वर्षका दलबहादुर थापा, वालिङ नगरपालिका–१२ का अंगबबहादुर दाला, मायाकुमारी सारु, योगेन्द्र थापा, नविना सारु र लक्ष्मी दाला रहेका छन् । उनीहरूको उपचार पोखरास्थित गण्डकी मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।