0 COMMENTS

वैशाख ४, काठमाडौँ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५० औँ ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३–२ अन्तरको रोमाञ्चक जित हासिल गरेको छ ।
युनाइटेडको घरेलु मैदान वोल्ड ट्राफोर्डमा रोनाल्डोले ह्याट्रिक पूरा गरे । नर्विचका लागि किएरान डेवेल र टिमु पुक्कीले सान्त्वना गोल गरे । खेलको सातौँ मिनेटमा रोनाल्डाको गोलमा युनाइटेडले अग्रता बनायो । ३२ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको पहिलो हाफको इन्जुरी समयमा डेवेलले गोल गर्दै २–१ को अग्रतामा झारे । पुक्कीले ५२ औँ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । तर, खेलको ७६ औँ मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरे भने टिमलाई तीन अङ्क दिलाए ।

रोनाल्डोको यो क्लब करियरको ५० औँ ह्याट्रिक हो । खेल करियरको भने यो ६० औँ ह्याट्रिक हो । साथै रोनाल्डो ६० औँ ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी पनि हुन् । जितपछि म्यानचेस्टर युनाइटेडले ५४ अङ्क बनाउँदै शीर्ष पाँचमा रहेको छ भने लिगको पुछारमा रहेको नर्विचको २१ अङ्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।