0 COMMENTS

वैशाख ४, काठमाडौँ । नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कूल ३ हजार ४ सय ८९ नमूना परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने सोही समयमा थप ३६ जना निको भएर घर फर्केका छन् । यो कुल संक्रमितको ९८ दशमलव ७ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ३ सय ७५ जना रहेको छ । जसमध्ये १ सय ६ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घन्टामा थप ६ हजार ७ सय ५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।