0 COMMENTS

जेठ ५, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल समर्थित अखिल नेपाल क्रान्तिकारी स्वरोजगार श्रमिक संघ कास्कीले यही जेठ ४ गते पोखरा महानगरपालिकमा दोस्रो चरणको महानगर धेराउ तथा धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।

निम्नलिखित विभिन्न नारा सहित शुरु भएको जुलुस पोखराको चिप्लेढुङ्गा स्थित मानव अधिकार चोकबाट शुरु भई पोखरा महानगर पालिका अगाडी पुगेर धर्ना बसेको थियो । जुलुसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य एवम कास्की जिल्ला इन्चार्ज केशबहादुर परियार, पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्यहरु नारायण अधिकारी, लोकेन्द्र विश्वकर्मा, गोकुल पराजुली, पार्टीका ४ नम्बर प्रदेशका सदस्यहरु, विभिन्न जवस मोर्चाका जिम्मेवार सदस्यहरु, त्यसैगरी कास्की जिल्ला पार्टीका सदस्यहरु र अखिल नेपाल क्रान्तिकारी स्वरोजगार श्रमिक संघ कास्कीका सदस्यहरु लगायत सम्पूर्ण साना तथा फुटपाथ व्यापारीको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त धर्ना कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कास्की जिल्ला संयोजक सुजन, मजदुर नेता काली पाण्डे, युवा नेता प्रमोद, विद्यार्थी नेता प्रेम प्रशान्त लगायतका वक्ताहरुले पोखरा महानगर पालिकामा अखिल नेपाल क्रान्तिकारी स्वरोजगार श्रमिक संघ कास्कीले बुझाएका मागहरु पुरा नगरिए थप संघर्षका कार्यक्रमहरु घोषण गरिने छ भन्दै आफ्ना धाराणा राख्नु भएको थियो ।
नाराहरु :
—साना तथा फुटपाथ व्यापारी महिलाहरुप्रति गरिने अभद्र व्यवहार —बन्द गर ।
—नगर प्रहरीद्धारा बल प्रयोग गरी सामान खोस्ने कार्य —बन्द गर ।
—नगर प्रहरीद्धारा जफत गरिएका सामान — फिर्ता गर ।
—स्वरोजगार पसल सन्चालनको लागि निश्चित क्षेत्रको — व्यवस्था गर ।
—भाडा तिर्ने गरी उचित ठाउँको — व्यवस्था गर ।
—श्रमिकको हकहित सहित लगानी मैत्री वातावरण — निर्माण गर ।
—खुल्ला तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुको हक अधिकार — सुनिश्चित गर ।
—स्वरोजगार श्रमिकहरुमाथि गरिने अशिष्ट व्यवहार — बन्द गर ।
—सम्पूणर् स्वरोजगार श्रमिकहरु — एक हौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।