0 COMMENTS

जेठ ५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईलाई बिनाकारण यतिका दिनसम्म प्रहरीले हिरासतमा राखिरहेको भन्दै एघार वटा जवस/मोर्चाले अविलम्व विनाशर्त रिहा गर्न माग गरेको छ । शिक्षा क्षेत्रमा भैरहेको चरम मुल्य वृद्धि एवं लूटतन्त्रका विरुद्ध आवाज उठाइरहेको विद्यार्र्थी संगठन—अखिल (क्रान्तिकारी) र त्यसका नेता कार्यकर्ताहरुका विरुद्ध गृह प्रशासनको निरन्तर दमन, धरपकड शृङ्खलाको कडिको रुपमा यो गिरफ्तारी भएको कुरा स्पष्ट छ ।

एघारवटा क्रान्तिकारी संगठनहरुको विज्ञप्तिमा बिना आधार कथित “अभद्र व्यवहार” को झुट्टा मुद्दा लगाएर शान्तिपूर्ण विरोध र असहमति जाहेर गर्ने संवैधानिक अधिकारको समेत खिल्ली उडाउदै जनवादी, वामपंथी एवं क्रान्तिकारी शक्तिलाई तर्साउन गरिने यस्ता दमन धरपकड अलोकतान्त्रिक र फासिवादी अभ्यासका रुपहरु हुन भनिएको छ ।

विज्ञप्तिको अन्त्यमा गृह प्रशासनको सबैखाले दमन, धरपकड एवं गिरफ्तारीको विरोध गर्दै सरकार एवं गृह प्रशासनलाई संवैधानिक हक तथा लोकतान्त्रिक अधिकारको सम्मान गर्दै अखिल (क्रान्तिकारी)का संयोजक मिलन राईको बिनासर्त, सम्मानजनक रिहाईको जोडदार माग गरिएको छ ।

संयुक्त प्रेस विज्ञप्तिको पूर्णपाठ….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।