0 COMMENTS

वैशाख १०, काठमाडौँ । रुसी क्रान्तिका नेता तथा सर्वहारा वर्गका गुरु लेनिनको १५५औं जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७६ औं स्थापना दिवस क्रान्तिकारी कम्युनिस्ट पार्टी, जिल्ला समिति चितवनले एक कार्यक्रमको आयोजना गरी मनाएको छ । पार्टीको केन्द्रीय सचिवालय सदस्य तथा क्रान्तिकारी महिला संगठन, नेपालकी केन्द्रीय संयोजक अम्बिका मुडभरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य तथा चितवन जिल्ला संयोजक बिकासले गरेका थिए ।

कार्यक्रममा चितवन जिल्ला इन्चार्ज ध्रुब, सहिद परिवारका तर्फबाट सहिद अनिस कुवरका बुवा खड्गबहादुर कुवर, केन्द्रीय सल्लाहकारहरु दिवाकर न्यौपाने, बाबुराम प्यासी परियार, जिल्ला सल्लाहकार समितिको अध्यक्ष इश्वरी ओझा सहितका नेता कार्यकर्ता सहभागी कार्यक्रममा लेनिनका योगदानहरुको चर्चा गरिएको थियो । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना देखि हालसम्म यसमा भएका बिकास र आएका बिचलनहरुको समीक्षा गरिएको थियो । इश्वरी ओझाले लेनिन सम्बन्धि कविता बाचन गरेका थिए ।

विरेन्द्र क्याम्पसको ‘एफ ब्लक’ मा भएको कार्यक्रममा अम्बिका मुडभरी, धुर्ब र बिकासले लेनिन र नेपाली कम्युनिस्ट आन्दोलनका बारेमा आफ्नो धारणा राखेका थिए भने उक्त कार्यक्रमको सञ्चालन चितवन जिल्ला सह-संयोजक दुर्गा सुबेदीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।