0 COMMENTS

वैशाख ११, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष माेहन वैद्य ‘किरण’ ले कम्युनिस्ट आन्दोलनको एउटा धारा, दक्षिणपन्थी अवसरवादी, आत्मसर्मपणवादी धार रहेकाे उल्लेख गर्दै उनीहरुले आफूलाई कम्युनिस्टको नाम राखेर, कम्युनिस्टको झण्डा चोरेर, मार्क्सवाद, माओवाद, लेनिनवादको नाम जपेर संसदवादको र प्रतिक्रियावादको खेती गरिरहेकाे टिप्पणी गर्नुभयाे ।

उहाँले भन्नुभयाे, “आज सत्तामा कम्युनिस्टहरु छैनन् । तर, प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिस्ट छ, सरकारमा कम्युनिष्ट छ, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन् । हाम्रो भनाई के हो भने ति कम्युनिस्ट होइनन् । त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो ।”

आज १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टी कार्यालय कुपोन्डोलमा आयाेजित “साम्राज्यवादी युगमा लेनिनवादकाे महत्व” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे ।

उहाँले एमालेले हिरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको दाबी गर्दै उनले सत्तामा रहेका एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभएको स्पष्ट पार्नु भयाे । 

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेकपा एमालेलाई ‘भाइ कांग्रेस’ बन्ने दौडमा रहेको पार्टी भन्दै एमालेले आफूलाई भाइ काँग्रेस बनाउनका लागि कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा हिरक जयन्ती मनाएको बताउनु भयाे ।

कम्युनिस्ट आन्दोलन दुई धारमा बाँडिएको उल्लेख गर्दै वैद्यले सत्तामा भएकाहरु दक्षिणपन्थी अवसरवादी धारका रुपमा अघि बढेको बताए । एमाले, माओवादी, एकीकृत समाजवादी र काँग्रेसका बीचमा कुनै तात्विक र मौलिक भिन्नता नरहेको धारणा राखेका उनले सत्ताधारी कम्युनिस्टहरुले वामपन्थी जनमतलाई भ्रममा पार्नका लागि नाममात्रै कम्युनिस्ट राखेको आरोप लगाउनु भयाे । 

आफूहरु दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्दै अघि बढ्ने उल्लेख गर्दै उहाँले सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतावद्ध बनाएर क्रान्ति सम्पन्न गर्ने पनि बताउनु भयाे ।

उहाँले भन्नुभयाे, “कम्युनिस्ट आन्दोलनको एउटा धारा, दक्षिणपन्थी अवसरवादी, आत्मसर्मपणवादी धार हो । उनीहरुले आफूलाई कम्युनिस्टको नाम राखेर, कम्युनिस्टको झण्डा चोरेर, मार्क्सवाद, माओवाद, लेनिनवादको नाम जपेर संसदवादको र प्रतिक्रियावादको खेती गरिरहेका छन् । आज सत्तामा कम्युनिस्टहरु छैनन् । तर, प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिस्ट छ, सरकारमा कम्युनिस्ट छ, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन् । हाम्रो भनाई के हो भने ति कम्युनिस्ट होइनन् । त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो । 

नेपाली काँग्रेस र सत्ताधारी कम्युनिस्टका बीच कुनै तात्विक र मौलिक अन्तर छैन । उनीहरुले मार्क्सवाद, लेनिनवाद, कम्युनिस्टको नाम किन जप्छन् भने नेपालमा कम्युनिस्टहरुको समर्थन गर्ने जनता ठूलो छ । वामपन्थी जनमत ठूलो छ । त्यो जनमतलाई भ्रमित तुल्याउनका लागि उनीहरु लागेका छन् । सच्चा कम्युनिस्टहरुको धार कमजोर छ । क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । तर यो एकीकृत हुँदै जान्छ ।

त्यो जयन्तीको  उद्देश्य के हो भन्नुहुन्छ भने २०८४ मा हुने चुनावमा चुनाव जित्ने, प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउने । दाई कांग्रेस त छदैछ, गतिलो भाई कांग्रेस बन्ने । यो उद्देश्यमा आधारित छ । अब हाम्रो काम के हो भने यो दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्दै, यो प्रतिक्रियावादको, दलाल नोकरशाही पुँजीवादी राज्यसत्ताको भण्डाफोर गर्दै सच्चा क्रान्तिकारी, कम्युनिस्टहरुलाई एकतावद्ध तुल्याउँदै क्रान्ति फेरी गर्न सकिन्छ । हामी फेरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा दृढतापूर्वक अगाडी बढ्न जरुरी छ ।”

कार्यक्रममा पार्टीका कार्यालय सदस्य सुदर्शनले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे भने कार्यपत्रमाथि नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (मशाल) का प्रवक्ता रामबहादुर बुढा, नेकपा (मसाल) का रामप्रकाश पुरी र वामपन्थी लेखक गाेपीरणम उपाध्यायले टिप्पणी राख्नु भएकाे थियाे ।

कार्यक्रमकाे अध्यक्षता पार्टी अध्यक्ष ‘किरण’ ले गर्नुभएकाे थियाे भने सञ्चालन पार्टीका कार्यालय सदस्य रामसिंह श्रीसले गर्नुभएकाे थियाे ।  अर्का कार्यालय सदस्य हरिभक्त कडेलले स्वागत मन्तव्य राख्नु  भएकाे थियाे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।