0 COMMENTS

वैशाख १०, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख ३८ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार छापावाल सुन १ लाख ३९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलाको १७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो आइतबार चाँदी प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।