0 COMMENTS

चैत २६, काठमाडौँ । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्धको उजुरीमाथि आज जाँचबुझ गर्ने तालिका रहेको छ ।  

आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । हिजो अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा आयोगले उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानबिन गर्दै छ ।

उजुरी उपर छानबिनपछि आयोगले सोमबार बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची तय गरेको छ । यस्तै, आयोगले उम्मेदवारलाई भोली मंगलबार (२७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिएको छ । आयोगले मंगलबार दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

आयोगले २०८१ वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१) प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।