0 COMMENTS

चैत २६, काठमाडौँ । आरती साहको शङ्कास्पद मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी उमेशराज जोशी नेतृत्वको टोलीलाई जनकपुरमा पठाएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीसँगै सीआईबीका एसपी होविन्द्र बोगटी, डीएसपी जागेश्वर भण्डारी र इन्स्पेक्टर शान्ता लामाले जनकपुरमा पुगेर घटनाबारे छानबिन र थप अनुसन्धान सुरु गरेका हुन् ।

फागुन ३० मा गृह मन्त्रालय र पीडित परिवारको बिचमा थप अनुसन्धान गर्न सीआईबीको टोली पठाउने सहमति भएको थियो । गृह मन्त्रालयका अधिकारीहरूसँगको ५ बुँदे सहमति गरेसँगै १० महिनादेखि आन्दोलनरत साहका परिवारले आन्दोलन फिर्ता लिएका थिए ।

२०८० जेठ ७ मा धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा शङ्कास्पद रूपमा मृत फेला परेकी आरती साहको मृत्युबारे थप अनुसन्धान सुरु भएको छ । डीआईजी नेतृत्वको टिमले काम सुरु गरेको ४५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ । जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी अधिकारीहरूले पीडित परिवारमाथि कुटपिट र दुर्व्यवहार गरेको घटनाबारे छानबिन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।