0 COMMENTS

चैत २५, सिन्धुपाल्चोक । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सिन्धुपाल्चोक जिल्ला संगठन समितिकाे आयाेजनामा ३५औं जनआन्दोलन दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएकाे छ । कार्यक्रमकाे अध्यक्षता पार्टीका जिल्ला संयोजक सुन्तली तामाङ, जिल्ला इन्चार्ज अग्रिमको प्रमुख आतिथ्यता र जिल्ला समिति सदस्य अर्पण श्रेष्ठकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा महान् जनयुद्दमहान सहिद परिवारहरू कमरेड भुपेन्द्र दंगालकाे बुवा पदमहरि दंगाल कमरेड नेत्र घाेसाइनीकाे जिवन संगिनी रूपामाया घाेसाइनी, कमरेड पेम्मा छिरिङ बुवा दिर्ग तामाङ, कमरेड रमेश तामाङको जिवन संगिनी चिरीमाया तामाङलाइ प्रमुख अतिथि अग्रिमलगायत कार्यक्रमका अतिधिहरुले अबिर र खादाद्वारा सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला इन्चार्ज अग्रिमले अहिलेको प्रचण्ड नेतृत्वको दलाल गठबन्धन सरकारले जनताले गरेको आन्दोलनको बलमा प्राप्त गरेको अधिकारलाई प्रधानमन्त्रीकाे कुर्सीसँग साट्दै अपहरण गर्ने काम गरेको, सर्वहारा वर्गको नेतालाइ सुनले डामिएकाे नकली भूटानी सरनार्थीको नाममा मानव तस्करी गरेकाे र अकुत भष्ट्रचार गरेको र यो संसदीय दलाल पुँजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादी सत्ताको स्थापनाले मात्रै अनताकाे अधिकार सुनिश्चित हुने दाबी गरे ।

शहिद परिवारकाे तर्फबाट सहिदका बुवा तथा भुपेन्द्र ढंगालको बुवा पदमहरि ढंगाल र तामाङ समुदायका तर्फबाट तामाङ स्थानीय समाजसेवी हिरा तामाङले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका सुन्तली तामाङले अहिलेको दलाल गठबन्धन सरकारले जनताको समस्यालाई बेवास्ता गरेको भन्दै अब एउटा आन्दोलनको आवस्यक छ, त्यो आन्दोलनले मात्र नेपालमा नेपाली जनताको समस्या हल गर्नेछ भन्दै फ़ेरि एक पटक दलाल भ्रष्ट सरकारकोविरुद्ध क्रान्तिमा लामबद्द हुन आह्वान गर्दै अध्यक्षले कार्यक्रम सम्पन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।