0 COMMENTS

चैत २५, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेतले जिल्ला भेला सम्पन्न गरेको छ । शनिबार ३५ औँ जनआन्दोलन दिवस अर्थात चैत २४ को अवसरमा आयोजित अखिल (क्रान्तिकारी) सुर्खेतको जिल्ला भेलाले संगठनको केन्द्रीय सदस्य समेत रहेका सुनिल सिंहको संयोजकत्वमा १५ सदस्यीय जिल्ला आयोजक समिति निर्माण गरेको छ ।

भेलाले संगठनका केन्द्रीय सदस्य द्वोय अमर रसाइली र गणेश हिराजकलाई सहसंयोजकको जिम्मेवारी दिएको छ । सुनिल सिंहको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य चन्द्र प्रकाश शर्मा थिए भने सञ्चालन अमर रसाइलीले गरेका थिए । भेलामा सोही पार्टीका सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश संयोजक संगम, सचिवालय सदस्य धमिल, संगठनका सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज हरि बिष्ट, पार्टीका जिल्ला संयोजक श्याम कार्की, युवा संगठनका विकल्प, संगठनका केन्द्रीय सदस्यहरु भरत परियार र तपेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियोे ।

भेलामा विकल्प, श्याम कार्की, हरि बिष्ट, धमिल, संगम र प्रमुख अतिथि सिपि शर्माले बोल्नुभएको थियोे । संगठन विस्तारलाई व्यापक बनाएर छिट्टै जिल्ला सम्मेलन गर्ने हरि बिष्टले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।