0 COMMENTS

चैत २५, काठमाडौँ । नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १८ रनले पराजित गर्दै उपाधि जितेको हो ।

नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८  रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २७६ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले ३४, कुशल मल्लले १९. दिपेन्द्र सिंह ऐरीले ७, कुशल मल्लले ३१  र सन्दीप जोराले ७ रन बनाएका थिए । त्यस्तै गुजरातका बलर जयमित पटेल, शेन पटेल र तेजस पटेलले एक एक विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।