0 COMMENTS

फागुन १४, काठमाडौँ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडा अन्तरगतको पशु सेवा तालिम केन्द्र लगनखेल ललितपुरद्वारा आ.व. 2080/८१ को वार्षिक कार्यक्रम अनुसार तेस्रो त्रैमासिक अवधिमा सम्पन्न गर्नु पर्ने नेपाल पशु चिकित्सा परिषद्संगको सहकार्यमा “Small Animal Surgery and Neutering Training” मिति २०८०/११/१३ देखि २०८०/११/१८ गते सम्म सञ्चालन गरिने कार्यक्रमको उदघाटन समारोह बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री डा. राजेन्द्रमान श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो । उक्त समारोहमा विशिष्ठ अतिथी नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डा. ब्रजकिसोर प्रसाद साहाज्यू र केन्द्रीय रिफरल पशु चिकित्सालयका प्रमुख पशु चिकित्सक डा. शर्मिला चापागाईज्यू तथा वरिष्ठ पशु चिकित्सक एवं प्रमुख प्रशिक्षक डा. बलराम थापाज्यू, पशु सेवा कार्यालय ललितपुरका निमित्त प्रमुख डा. नितेश कार्कीज्यू, नेपाल पशु चिकित्सा परिषदका पशु चिकित्सक डा. विशाल पोख्रेलज्यू लगायतका अतिथीहरुको उपस्थिति थियो । उक्त समारोहको अध्यक्षता पशु सेवा तालिम केन्द्रका निमित्त वरिष्ठ तालिम अधिकृत बासुदेव नाथज्यूले गर्नु भएको थियो । तालिममा दर्तावाल पशु चिकित्सकहरु मध्येबाट नेपाल पशु चिकित्सा परिषदबाट छनौट भएर आठ जना पशु चिकित्सक र पशु सेवा कार्यालयहरुको तर्फबाट पशु सेवा कार्यालय र स्थानीय तहमा कार्यरत कर्मचारीहरु मध्ये आठ जना चिकित्सक गरी जम्मा सोह्र जना पशु चिकित्सकहरुको सहभागीता रहेको छ ।

कार्यक्रममा स्वागत तथा  तालिमको उद्देश्य बारे पशु सेवा तालिम केन्द्रका निमित्त वरिष्ठ तालिम अधिकृत बासुदेव नाथज्यूले गर्नु भएको थियो । उहाँले आ.व. 2080/८१ वार्षिक कार्यक्रम अनुसार पहिलो त्रैमासिक अवधिमा नेपाल पशु चिकित्सा परिषद्संगको सहकार्यमा Radiography (USG/X Ray) सम्बन्धी तालिम २०८० असोज १४ गते देखि १९ गतेसम्म २२ जना पशु चिकित्सकहरुको सहभागीतामा सम्पन्न गरिएको थियो भने तेस्रो त्रैमासिक अवधिमा सम्पन्न गर्नु पर्ने “Small Animal Surgery and Neutering Training” मिति २०८०/११/१३ देखि २०८०/११/१८ गते सम्म सञ्चालन गरिनेछ । यस तालिमले संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय, सहकार्य एवं सहयोगलाई मजवुत बनाउने छ भने  प्रदेश र स्थानीय तहमा कार्यरत एवं सरकारी र निजी क्षेत्रमा कार्यरत पशु चिकित्सकहरु बीच सहयोग, सहकार्य एवं समन्वयमा कार्य गर्ने पद्धतिको विकास हुनुको साथै बागमती प्रदेशको पशु चिकित्सा क्षेत्रमा कार्यरत पशु चिकित्सकहरुको ज्ञान, सीप र मनोवृतिमा उल्लेख्य सकारात्मकता पैदा भई सेवाग्राहीहरुलाई  गुणस्तरीय तथा प्रभावकारी सेवा प्रवाह हुनेकुरा बताउनु भयो ।

नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डा. ब्रजकिसोर प्रसाद साहाज्यूले पशु चिकित्सा क्षेत्रमा तालिमको आवश्यकता रहेको र नियमित रुपमा नयाँनयाँ प्रविधिको बारेमा पशु चिकित्सकहरुलाई प्रशिक्षित गराउने उद्देश्यका साथ सात वटै प्रदेशमा आवश्यकता अनुसारका तालिमहरु  पशु सेवा तालिम केन्द्रहरु मार्फत व्यवस्था गरिएको यस्ता तालिमहरु आगामी दिनमा आवधिक कार्यक्रमको रुपमा निरन्तरता दिनु पर्ने कुरामा जोड दिनु भयो । सहकार्यमा गरिने तालिम सञ्चालनमा बागमती प्रदेश तालिम केन्द्र अगाडि रहेको र निकै प्रभावकारी तवरले तालिम सञ्चालन गरेको र यस पटक पनि अझै प्रभावकारी ढंगले प्रशिक्षार्थीहरुको सिकाई रहने आशा रहेको जनाउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री डा. राजेन्द्रमान श्रेष्ठज्यूले तालिममा सहभागी प्रशिक्षार्थीहरुले गहन अध्ययनका साथ ज्ञान, सीप आर्जन गरी व्यवहारमा तालिमको औचित्य पुष्टि हुने गरी दत्तचित्त भई लाग्नु पर्ने बताउनु भयो । त्यसै गरी कृषकहरुको खेतीपातीलाई बाँदरले निकै नोक्सान गरिरहेकाले बाँदरको बन्ध्याकारणको लागि समेत यो तालिम फलदायी हुने आशा व्यक्त गर्नु भयो । यस तालिमले बागमती प्रदेशको पशु चिकित्सा क्षेत्रमा नयाँ आयाम थप्नेकुरामा आफु विस्वस्त रहेको बताउनु भएको थियो । यसै क्रममा बागमती प्रदेश सरकारले अघि सारेको प्रदेश, स्थानीय तह र उद्यमी सहितको सक्रियतामा समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रमको बारेमा समेत विस्तृत रुपमा जानकारी गराउनु भएको र सबैले आआफ्नो स्थानबाट व्यापक प्रचार प्रसार तथा सहभागीता गराउनु पर्ने उक्त कार्यक्रमको लागि यस वर्ष कृषि तर्फ चौध करोड र पशुपन्छी तथा मत्स्यपालन तर्फ दुई करोड गरी जम्मा सोह्र करोड बजेट विनियोजन गरिएको समेत बताउनु भएको थियो ।

उक्त समारोहमा वरिष्ठ पत्रकार प्रवीण जोशीज्यूको सहभागिता थियो । तालिम कार्यक्रमको उदघाटन समारोह सो तालिमका संयोजक पशु चिकित्सक हंसरानी सम्बाहाम्फेज्यूले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।