0 COMMENTS

फागुन १४, काठमाडौँ । लघुवित्त पीडितहरुले संसद भवनभित्रै प्रवेश गरेर गृहमन्त्री र अर्थमन्त्रीकाे राजीनामा माग गरेका छन् । कडा सुरक्षा घेरा तोडेर संसद भवनभित्र प्रवेश गरेका उनीहरुले परिसरभित्रै सरकारका विरुद्ध नाराबाजी गरेका हुन् ।

झण्डै ५० जनाको संख्यामा छिरेका उनीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागे । हिजो अस्तिझैँ आज पनि उनीहरुले नेपाल राष्ट्र बैंक नजिकै प्रदर्शन गर्ने बताएका थिए । तर, एक्कासी नयाँ बानेश्वरस्थित संसद भवनमा छिरेर सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

लघुवित्त पीडितहरुले आफ्नो ऋण मिनाहा हुनुपर्ने र धितो लिलाम फुकुवा गर्नुपर्ने माग गर्दै आएका थिए । तर आज मन्त्रीहरुको राजीनामा मागेका छन् ।  सरकारले राजधानीका विभिन्न स्थानमा झैँ संसद् भवन वरपरको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्र पार गर्दै उनीहरु सरासर संसद भवन छिरेर चर्को नारा लगाएका हुन् ।

संसदभवन भित्र प्रवेश गरेका सबैलाई प्रहरीले गिरफ्तार गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।