0 COMMENTS

तस्करहरूको भीडमा
माथिल्लो कणार्ली बेचिरहेका छन्
न्यायाधीशहरू
पैरवी गरिरहेका छन
सुर्ती साहुको पक्षमा वकिलहरू
पसल चलाई रहेका छन
न्यायको मन्दिरमा
वकिल र न्यायाधीशहरू
न्यायका पुजारी होइनन् यी
यी मात्र समयका बुख्याचा हुन् ।
कार्यपालिका घेरीएको छ
माफियाहरूको भीडमा
समावेशिता किनिरहेका छन
मन्त्री र सांसदगणहरू
विप्पा नामको जुवा खेल्नेहरू हुन् या
समानुपातिकलाई आफन्त क्लवमा फेर्नेहरू
पसलमा सजाएर बेचि रहेका छन गणतन्त्र
यी पहरेदार हुँदै होइनन्
गणतन्त्रका बुख्याचाहरू मात्र हुन् ।
विध्वंशकहरूको भीडमा
ऐन, कानुनका दफाहरूमा
देश भत्काइरहेका छन्
साहुको तावेदारी गर्न श्रम ऐनमा
विद्रोहको भाका मार्नेहरू हुन् वा
कालोधनलाई सेतो बनाईदिने लुटेराहरू
कुण्डली मारेर बसेका छन
व्यवस्थापिका भित्र
पुर्खाहरूको बलिदानले
जोडेको मार्ग भत्काउनेहरू
यी असल व्यवस्थापक हुदै होइनन्
यी त बुख्याचा मात्र हुन् ।
चाहे अमरसिंह, भक्ति र बलभद्रको
वीर गाथा गाएर होस्
चाहे पृथ्वीनारायण, वीपी र पुष्पलालको
नाममा पसल खोलेर होस्
चाहे गंगालाल, रामनाथ, दिलबहादुर र
नीर–कुमारहरूको रगत बेचेर होस्
विधीको लौरो लिएर उभिएका छन्
सिंहदरबारको चौरमा
विधी मास्ने नयाँ जङ्गबहादुरहरू
निरीह र लाचार नमिता, सुनिता, निर्मला
दिपेन्द्र, मदन र आश्रितहरू जन्माइरहेका छन्
हामीलाई मूर्ख बनाएर शासन गरिरहेका छन्
एक्काइशौँ शताब्दीका बुख्याचाहरू ।
किसान र मजदुरलाई भ्रमित पारेर
सरकार चलाइरहेका छन् बुख्याचाहरू
कतिञ्जेल शासित भइरहन्छौँ हामी ?
कतिञ्जेल देश लुटिरहन्छ यी बुख्याचाहहरू !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।