0 COMMENTS

जेठ १६, काठमाडौँ । प्रगतिवादी साहित्यकार मोदनाथ मरहट्टाद्वारा रचित निबन्धसङ्ग्रह ‘चित्र र चरित्र’को लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्मपन्न भएको छ । मङ्गलबार काठमाडौँको घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा उक्त कार्यक्रम सम्मपन्न भएको हो ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा सम्पन्न उक्त परिचर्चा कार्यक्रममा पुस्तकबारे वरिष्ठ माक्र्सवादी समालोचक द्वय प्रा.डा. जगदीशचन्द्र भण्डारी र डा.अमर गिरीले कृतिको समग्र मूल्याङ्कन सहितको समीक्षा गरेका थिए भने इच्छुक प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंज्ञानी र वामपन्थी लेखक लेखनाथ न्यौपानेले कृतिकार मोदनाथ मरहट्टाको व्यक्तित्व र लेखनी विषयमा चर्चा गरेका थिए ।

महासङ्घका केन्द्रीय संयोजक हिरामणि दुःखीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासङ्घका केन्द्रीय सदस्य गौरी देबकोटाले र स्वागत मन्तव्य अर्का केन्द्रीय सदस्य डा.छायादत्त न्यौपानेले गरेका थिए ।

भिजन बुक्स बागबजार काठमाडाै‌ंले प्रकाशनमा ल्याएकाे उक्त पुस्तककाे मूल्य रु ३२५/ रहेकाे छ भने आजबाट काठमाडाैंका विभिन्न पुस्तक पसलहरुमा उपलब्ध धएकाे प्रकाशकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।