0 COMMENTS

पुस २७, काठमाडाैँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित सिर्जना र संवादको सातौं शृङ्खला पौष २० गते शनिवार घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा संस्कार र संस्कृतिमा नयाँ विकल्प‘ शीर्षकमाथि बहस गर्दै सम्पन्न भएको छ ।

कार्यक्रमको सुरुवातमा स्रष्टा आस्था घिमिरेले उल्लेखित शीर्षकमा आफ्नो अवधारण प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा सहभागी सबै स्रष्टा तथा समालोचकहरूबाट आ आफ्ना अनुभवसहित दृष्टिकोण व्यक्त गरिएको थियो । अवधारणा प्रस्तुत कर्ता घिमिरेले समाजमा विद्यमान अन्धविश्वास र भ्रमपूर्ण दृष्टिकोणले समाजको प्रगतिको मार्ग अवरुद्ध गरेको कुरामा जोड दिँदै अग्रगमनका लागि अन्धविश्वासअशिक्षा र रुढीबादी संस्कार/संस्कृतिहरूले बढाएको अन्यायअत्याचारविभेदर असमानतालाई वैज्ञानिक चेतनाद्वारा नयाँ संस्कृतिको निर्माण गरेर विकृत परम्परागत संस्कृतिहरूको प्रभावबाट मुक्त बनाउन अपरिहार्य भएको भाव व्यक्त गर्नु भएको थियो ।

परम्परागत रीतिरिवाजभित्रका सकारात्मक र नकारात्मक पक्षका आधारमा त्याज्य तथा ग्रहणयोग्य संस्कार/संस्कृतिको निर्क्योल गर्नु पर्ने र त्याज्य संस्कार संस्कृतिको विकल्पमा मार्क्सवादी दृष्टिकोणमा नया निर्माण गर्नु पर्ने आवश्यकता रहेकोमा प्राय:सबै सहभागीहरूको धारणा रहेको उक्त कार्यकममा मार्क्सवादी समालोचक जगदीशचन्द्र भण्डारीमित्रलाल पंज्ञानीमोदनाथ मरहट्टानन्दिश अधिकारीशिला योगीइस्मालीछायँदत्त न्यौपानेगौरी देवकोटाविष्णु न्यौपानेपुन्यप्रसाद आचार्यहेमा सुवेदीपार्वती कट्टेलजानुका गौतम लगायतले आआफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

संयोजक गौरी देवकोटाको अध्यक्षतामा सम्पन्न सिर्जना र संवाद‘ कार्यक्रममा शिक्षाप्रद अनुभवहरू साटासाट गर्दै बालबालिकालाई पनि गलत संस्कार र संस्कृतिको बारेमा प्रशिक्षित गर्नुपर्ने र जतिसुकै जटिलता आइपरे पनि परिवर्तनको प्रयास आँफैबाट हुनु पर्ने कुरामा जोड दिइएकोको सातौं शृङ्खलालाई स्रष्टा विष्णु न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।

मार्क्सवादी समालोचकहरूदेखि प्रारम्भिक रूपमा लेखनमा लाग्नु भएका स्रष्टाहरूसम्मले यौटै विषयमा अढाइ घण्टा गहन छलफल गरेको उक्त कार्यक्रमले समग्रमा यस प्रकारको बहसलाई निरन्तरता दिनु पर्ने र रुढीगत संस्कार/संस्कृतिको विकल्पमा नया निर्माण गर्न ढिला गर्न नहुने निष्कर्ष निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।