0 COMMENTS

पुस २६, काठमाडौँ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीस्थित दुम्कीबासको पुल भाँचिदा यातायात अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार अत्यधिक भारसहितको भारतीय मालवाहक हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल भाँचिएको हो ।

अत्यधिक भार बोकेको लरीका कारण शुक्रबार साँझ साढे ५ बजेतिर दुम्कीबासदेखि केही पूर्वमा रहेको विनयी खोला पुलमा भाँचिएको हो । इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार जीर्ण पुलमा अत्यधिक तौल बोकेको लरी गुड्दा पुल नै लच्किएको हो ।

डाइभर्सन सडक निर्माण नगरेसम्म राजमार्गको यातायात ठप्प भएको छ । वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग हुँदै पूर्वपश्चिम हिँड्ने गाडी दाउन्ने र अरुणखोलामा प्रहरीले रोकेको छ ।

एकै ठाउँमामा गाडीको चाप धेरै नहोस् भन्नका लागि अरुणखोला र बर्दघाटमा पूर्व पश्चिम हिँडेका गाडी रोकिएको प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो । पुलमा फसेको लरी निकाल्नसमेत समस्या भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।