0 COMMENTS

मङ्सिर २७, नवलपरासी ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले सेनेटरी प्याड खरिदमा भएको घोटाला एवं नगरपालिकाकाे ज्यादतीविरूद्ध विरोध प्रदर्शनसहित बर्दघाट नगरपालिका घेराउ गरेको छ । बुधबार ‘सेनेटरी प्याड खरिदमा संलग्न भ्रष्टाचारीलाई कारवाही गर’ ‘शैक्षिक माफिया हरु होसियार’ जस्ता नाराबाजी गर्दै क्रान्तिकारी बिद्यार्थीहरुले नगरपालिका परिसर घेराउ गरेका हुन् ।

 

घेराउ पछि आयोजित कोण सभामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक नबीन खड्काले गुणस्तरहिन सेनेटरी प्याड खरिद गरेर नगरले छात्राहरु माथी अपराध गरेको बताउनुभयो । उहाँले शैक्षिक माफियाको इशारामा नगरपालिका चलेको भन्दै अब क्रान्तिकारी विद्यार्थीहरु चुप लागेर नबस्ने बताए । अखिल (क्रान्तिकारी) ले हाल ‘विद्यार्थी जागरण अभियान’ सञ्चालन गरिरहेको छ । अभियानको क्रममा बर्दघाट नगरपालिकाको पर्खालमा ‘दलाल संसदीय व्यवस्था मुुर्दावाद’ ‘ सेनेटरी प्याडमा गरिएको भष्ट्राचार मुर्दावाद’ जस्ता नाराहरु लेख्ने क्रममा सोमबार खडका सहित केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सह–संयोजक इन्दु वलि र केन्द्रीय सदस्य तथा प्रदेश सह संयोजक मनोज थापालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

गिरफ्तार भएका नेताहरुको रिहाई लगतै अखिल क्रान्तिकारीले प्रतिरोधस्वरुप बिरोध कार्यक्रम गरेको हो । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं नवलपरासीका संयोजक सन्देश सापकोटाले नगरपालिकालाई गुणस्तरहीन सेनेटरि प्याडको विषयमा पटक पटक जानकारी गराएको र संगठनले विभिन्न माग राखेर ध्यानाकर्षण गराउदै आएको बताउदै मागहरु सुनुवाइ नभएकोले नगर घेराउ गरिएको जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।