0 COMMENTS

मङ्सिर २७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट दुई अखिल नेपाल जनसांस्कृतिक महासंघका बीच एकता भेला सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्पन्न भेलाले हिरामणि दुःखी संयोजक र खेम थपलिया सहसंयोजक रहेको ५५ सदस्सीय कमिटी चयन गरेको छ ।

सदस्यहरुमा मित्रलाल पंज्ञानी, आदर्श राई, धनेश्वर पोखरेल, ताराकान्त पाण्डेय, असल पाख्रिन, अम्बिका चन्द, बलराम तिमिल्सिना, इन्दिरा अधिकारी, सुनिता बुढाथोकी, अनिस योञ्जन, पेमा लामा, श्रीकृष्ण सुलु, रोजन रख्याल, रोहित ढकाल, ढुण्डिराज अधिकारी, गौरी देवकोटा, शित्तल कर्ण, मोदनाथ मरहठ्ठा, पर्शुराम कोइराला, यज्ञबहादुर डाँगी, नन्दीश अधिकारी, श्रीधर अधिकारी, अनिल श्रेष्ठ, नारायण शर्मा विपिन, काजी गाउले, विवि आचार्य, इश्वरी गुरागाई, छायाँदत्त न्यौपाने, जय दाहाल, अमिट योञ्जन, प्रतीक लामा, विष्णु न्यौपाने, सफल सोडारी, अशल वाइवा, आस्था घिमिरे, जयफुल्ला हसन, अग्नीराज पौडेल, खगेश्वर भण्डारी, चित्रबहादुर थारु, विवि राई, नवराज न्यौपाने, शिद्ध खड्का, जीवन हमाल, खेम आचार्य, पुरुषोत्तम आचार्य, उमेश आचार्य, विवि विद्रोही, रामबहादुर सिंह, दिनेश नेपाली, भानु परियार, उज्वल शाही, सुशिला थापा र नरसिंह धिमाल रहनु भएको छ ।

भेलाले जगदीश चन्द्र भण्डारीको संयोजकत्वमा इस्माली, भवानी पाण्डे, हस्तबहादुर केसी, इश्वरी ओझा, सरला रेग्मी, प्रभात सापकोटा सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ को प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथि अध्यक्ष किरण लगायत पार्टीका कार्यालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो भने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्मा सागर, राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष डा.जगदीशचन्द्र भण्डारी, क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महत, इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डा.ताराकान्त पाण्डेय, पार्टी सल्लाहकार सरला रेग्मी र अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

हिरामणि दुःखीको अध्यक्षता र खेम थपलियाको सञ्चालनमा सम्पन्न भेलामा स्वागत मन्तव्य मोदनाथ मरहठ्ठाले राख्नुभएको थियो । भेलामा हिरामणि दुःखीले संगठनात्मक प्रतिवेदन र खेम थपलियाले अन्तरिम विधान प्रस्तुत गर्नुभएको थियो । व्यापक छलफल पश्चात दुवै प्रतिवदेन थपघटसहित पारित गरिएको थियो ।

अन्तर्राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रममा जयफुल्ला हसनले अवधी गीत प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।