0 COMMENTS

मङ्सिर २७, काठमाडौँ । सभामुख देवप्रसाद घिमिरेले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन् । प्रशासनिक नेतृत्व नहुँदा संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कामहरुमा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुख घिमिरेले पाण्डेयलाई कार्यवाहक महासचिव तोकेका हुन् ।

‘प्रतिनिधि सभा नियमावली’ २०७९ को नियम २ को खण्ड (ढ) तथा “राष्ट्रिय सभा नियमावली २०७५ को नियम २ को खण्ड (ड) बमोजिम राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा मिति मंसिर २७ गतेबाट लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको सेवा सुविधा पाउने गरी संघीय संसदको महासचिवको काम गर्न तपाईंलाई तोकेको छु’ पत्रमा भनिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गरिसकेका छन् । गौतमले २४ मंसिरदेखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति पौडेलले बुधबार स्वीकृत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।