0 COMMENTS

मङ्सिर १७, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार बर्दघाटमा सम्पन्न बैठकले जिल्लाको हरेक क्षेत्रमा रहेको बिकृति बिसंगतिको भण्डाफोर गर्दै जनसंर्घष उठान गर्दै सोही जनसंर्घषकै बीचबाट महाधिबेशनका काम सम्पन्न गर्ने तयारी सहित पार्टीले अग्रसरता लिएको महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला इन्चार्ज संकल्पले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसबीचमा पार्टी केन्द्र र प्रदेशले बनाएको आन्दोलनका कार्यक्रम मात्र नभई स्थानीयस्तरमा समेत जनताका खास खास मुद्धालाई लिएर आन्दोलनका कार्यक्रम तय गरिएका छन् । महाधिबेशन पूर्वतयारीको तालिकाबद्ध योजना सहित जिल्लामा पार्टी सदस्यता नवीकरणको काम ७० प्रतिशत सकिएको बैठकले समिक्षा समेत गरेको उहाँले बताउनुभयो ।

जिल्लाको तीनवटा नगरसहित पाँच वटा पालिकामा पालिकास्तरका कमिटी र २ पालिकामा सम्पर्क कमिटी रहेको पार्टीले महाधिबेशन केन्द्रीत भएर प्रचारात्मक अभियानका कामलाई ब्यवस्थित गर्न सहसंयोजक श्रमीकको नेतृत्वमा समिति गठन गरेको महाधिबेशन आयोजक समिति सदस्य एंव जिल्ला संयोजक समरले जानकारी गराउनुभयो । त्यस्तै पार्टीलाई युवा प्रौढ र जेष्ठ नागरिकहरुको साझा पार्टीका रुपमा विकास गर्न आवश्यक रहेको ठहर गर्दै पार्टी जिल्ला संगठन समितिमा प्रञ्जल र सुवासलाई मनोनित गरिएको संयोजक समरले बताउनुभयो ।

बैठक जिल्ला संयोजक समरको अध्यक्षता जिल्ला ईन्चार्ज संकल्पको प्रमुख आतिथ्यतामा भएको थियो । सो बैठकमा पार्टी केन्द्रको राजनैतिक प्रतिबेदनवाचन सहसंयोजक श्रमीक र परिपत्रवाचन न्युक्लियसले गर्नुभएको थियो । बैठकमा महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज संकल्पले पार्टी केन्द्रको बैठकको भाव संप्रेषण सहित राजनैतिक प्रशिक्षण गरेको र जिल्ला संयोजक समरले आगामी कार्ययोजना पेश गरेको सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।