0 COMMENTS

मङ्सिर १७, काठमाडौँ । स्पेनिस ला लिगमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा ग्रानडालाई २–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

रियल र जियोनाको समान ३८ अंक भएको छ । गोल अन्तरका आधारमा रियल शीर्ष स्थानमा रहेको छ । रियलसँग पराजित भएको ग्रानडा भने पुछारबाट दोस्रो स्थानमा छ । ब्रहिम रियाजले २६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले टोनी क्रुसको पासमा गोल गरेका थिए ।

५७ औं मिनेटमा रोड्रिगोले गोल गर्दै अग्रता दोब्बर बनाए त्यसले जित पक्का गर्यो । ला लिगाको अर्को खेलमा जिरोनाले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको छ । यसैगरी बिलबाओले भालोकानेलाई ४–० गोल अन्तरले पराजित गर्दै ओसासुना र रियल सोसिडाडले भने एक एक गोलको बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।