0 COMMENTS

मङ्सिर १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कालीकोटको जिल्ला भेला सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भेलाले सितलको संयोजकत्वमा २१ सदस्सीय जिल्ला संगठन समिति घोषणा गरेको छ ।

भेलामा पार्टी सचिबालय सदस्य धमिलको प्रमुख उपस्थिति तथा जिल्ला इन्चार्ज कर्णबहादुर बिसी, युवा संगठनका कार्यलय सदस्य तथा ६ नं. प्रदेश इन्चार्ज विकल्पको विशेष उपस्थित रहेको थियो । भेलाले सितलको संयोजकत्वमा २१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।

उक्त भेलामा प्रमुख अतिथि धमिलले राष्ट्रिय राजनीति, नेपाली कम्युनिस्ट आन्दोदनका उपलब्धीहरुको रक्षा, मालेमावादको गौरवपुर्ण इतिहासको विकास, असफल संसदीय व्यवस्थाको अन्त्य र पार्टीको नीति तथा कार्यक्रमको प्रयोग तथा तयारीका निम्ति जिल्लालाई कटिबद्ध भएर लाग्न महत्त्वपूर्ण निर्देशनात्मक भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।