0 COMMENTS

मङ्सिर १७, काठमाडौँ । नेपालकी अल्ट्रा धाविका रशिला तामाङले इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को उपाधि जितेकी छन् । रशिला शनिबार भएको दौडमा महिला ७७ किलोमिटरको निर्धारित दूरी १२ घण्टा २५ मिनेट ५२ सेकेण्डमा पूरा गरिन् । यो दौड जित्ने रशिला पहिलो नेपाली धाविका समेत हुन् ।

बेल्जियमकी भान्जा कनोप्स निर्धारित दुरी १२ घन्टा ३२ मिनेट १६ सेकेन्डमा पुरा गर्दै दोस्रो हुँदा फिलिपिन्सकी एन्जेली काबालो तेस्रो भइन् । उनले निर्धारित दुरी १४ घन्टा ३ मिनेट ३७ सेकेन्डमा पूरा गरिन् । रशिलाले पछिल्लो समयम अन्तर्राष्ट्रिय स्तरमा अल्ट्रा रेसहरुमा प्रतिस्पर्धा गर्दै आएकी छन् । जसमा उनले पोडियम फिनिस पनि गरिरहेकी छन । गत महिना मात्रै मलेसियामा आयोजना भएको दि नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिबल २०२३ मा दोस्रो भएकी थिइन् ।

रशिलाले अन्तर्राष्ट्रिय स्तरको अल्ट्रा रेसमा नियमितजसो सहभागिता जनाउँदै आएकी छन् । भाग लिएका अधिकांश दौडमा शीर्ष तीन भित्र पर्न सफल रशिलाले चीनमा भएको जिओजी माउन्टेन क्रसिङ कम्पिटिसन, नेपालमा युनिभर्सिटी च्याम्पियनसिप, गोदावरी रनिङ फेस्टिभल र हिमालयन आउटडोर, ४२ किमीको एभरेष्ट म्याराथन, स्विट्जरल्याण्डमा भएको यूटीएमआरमा लगायतमा पहिलो भइसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।