0 COMMENTS

असोज ६, काठमाडौँ । स्वाभिमान प्रकाशन गृह प्रा.लि. द्वारा प्रकाशित खेम थपलियाद्वारा लिखित ‘कम्युुनिस्ट पार्टी सङ्गठन’ नामक पुस्तकको विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौँको बागबजारस्थित होटेल हार्दिेकमा सम्पन्न उक्त पुुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले थपलियाद्वारा लिखित सो पुस्तकमा नयाँ ढंगको क्रान्तिकारी पार्टी कसरी बनाउने भन्ने विवेचना गरिएको बताउनु भयो ।

‘दश वर्षे जनयुुद्धले देशमा परिर्वतन आएको छ तर अपेक्षा अनुुसारको परिर्वतन भएको छैन । सच्चा कम्युनिस्ट, जसले परिर्वतन चाहन्छ, क्रान्तिकारीहरु पक्कै पनि एक दिन मिल्नुपर्दछ, जुट्नुपर्दछ ।’ उहाँले भन्नुभयो – ‘हामीले हाम्रा कमीकमजोरीलाई सच्चाएर यो देशको समृद्धि, परिर्वतन ल्याउने भनेको सच्चा कम्युनिस्टले नै हो ।’

कार्यक्रमको अतिथि नेकपा (एमाले) कि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपालमा संख्यात्मक कम्युनिस्ट पार्टी चाहिएको छैन, विचारको एउटा ठूलो कम्युुनिस्ट पार्टी बनाउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रमका अर्का अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन ’ ले पुस्तकले नेपालको कम्युनिस्ट आन्दोलनलाई सुधार गर्नको लागि उत्पे्ररणा दिने बताउनु भयो ।

कार्यक्रममा राजनीतिक विश्लेषक प्राध्यापक डा. सुुरेन्द्र केसीले हामी जे भन्छौ, त्यो गदैनौं, कम्युनिस्टहरुको नियती नै यस्तो भयो भन्दै व्यङ्ग्य गर्नुुभयो । कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले नेपालका कम्युनिस्ट पार्टीहरुमा दलाल पूँजीवाद पसिसकेको बताउनु भयो । यस्तै कार्यक्रममा लेखक तथा वामपन्थी विश्लेषक नरेन्द्रजंग पिटर, नेकपा समाजवादी पार्टीका अध्यक्ष राजु कार्की र नेपाल कोरिया लेखक संधका अध्यक्ष अशोक सुवेदी लगायतकाको उपस्थिति रहेको थियो ।

स्वाभिमान प्रकाशन गृह प्रा.लि.का अध्यक्ष भीम चापागाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन अम्बिका चन्द ओलीले गर्नु भएको थियो । कार्यक्रममा सोही गृह प्रा.लि.का व्यवस्थापक विजय पराजुली र नकुल चौलागाईले अतिथिहरुलाई स्वागत तथा माल्यार्पण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।