0 COMMENTS

असोज ५, काठमाडौँ । सरकार र आन्दोलरत नेपाल शिक्षक महासंघबीच शुक्रबार सात बुँदे सहमति भएको छ । गृह मन्त्रालय स्रोतकाअनुसार संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो ।

संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने भएको छ । विभिन्न बुँदामा सहमति भएको र त्यसलाई लिखित गरेर सार्वजनिक गरिने जनाइएको छ ।

शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति कायम भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।