0 COMMENTS

असोज ५, काठमाडौँ । स्वाभिमान प्रकाशन गृह प्रा.लि.को आयोजनामा खेम थपलियाद्वारा लिखित ‘कम्युनिस्ट पार्टी’ संगठन नामको किताव विमोचनसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौँको बागबजार होटेल हार्दिकमा सम्पन्न भएको उक्त कार्यक्रममा खेम थपलियाद्वारा लिखित ‘कम्युनिस्ट पार्टी’ संगठन नामको किताव विमोचन कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ को प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरु नेकपा एमालेका उपाध्यक्ष अष्ट लक्ष्मी शाक्य, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, बामपन्थी विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको कार्यालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले उक्त कितावकोबारे आआफ्ना धारणा प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथिले प्रकासित कितावमाथि आफ्नो धारणा राखेका थिए । यस्तै कार्यक्रममा वामपन्थी लेखक नरेन्द्रजंग पिटर, नेकपा समाजवादी पार्टीका अध्यक्ष राजु कार्की, नेपाल कोरिया लेखक संघका अध्यक्ष अशोक सुवेदी अतिथि रहेको कार्यक्रमको अध्यक्षता स्वाभिमान प्रकाशन गृह प्रा.लि.का अध्यक्ष भीम चापागाईँले गरेका थिए ।

उक्त कार्यक्रममा अतिथिहरुलाई सोही गृहका व्यवस्थापक विजय पराजुली र नकुल चौलागाईँले स्वागत गरेका थिए भने सञ्चालन अम्बिका चन्दले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।