0 COMMENTS

असोज ५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रिय सरोकारको विषयलाई लिएर गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि गठबन्धन सरकारले गरेको प्रहरी दमनको घोर विरोध तथा तीव्र भत्र्सना गरेको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा घाइतेहरुको उपचार गर्न र गिरफ्तार हुनु भएका पार्टीका नेता तथा कार्यकर्ता र विद्यार्थीहरुलाई अबिलम्ब रिहा गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “संसदमा प्रस्तुत निजीकरण तथा व्यापारीकरणलाई प्रोत्साहित गर्ने शिक्षा विधेयकको खारेजी, देशलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन र त्यसका लागि शिक्षाको राष्ट्रियकरणको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी भएका हाम्रो पार्टीका कैयौ नेता तथा कार्यकर्ताहरुलाई प्रहरी प्रशासनले बीआइसीसी हल परिसरबाट अन्धाधुन्ध गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेहरुमा क. वसन्त वोगटी, क. शारदा महत, क. इन्दिरा अधिकारी, क. सुनिता बुढाथोकी, क. मन्जिल बोगटी, क. युवराज थापा, क. रोशन कार्की, क. अर्जुन बोगटी लगायत दश जना हुनुहुन्छ । उहाँहरुलाई तीनकुने प्रहरी चौकीमा लगेको छ । त्यसै गरी सिंहदरवार पश्चिम गेट परिसरमा शान्तिपूर्ण विरोध गरिरहेका विद्यार्थी नेताहरु हरिकृष्ण गजुरेल, मिलन राई, पेशल दाहाल, प्रभात भट्टराई, वीरेन्द्र शाह, रुपा बुढा, मीन एडी, राजन राउत, गोविन्द बिष्ट, स्मृति कार्की, सर्जन पाण्डे, लक्ष्मी पाण्डे, मिलन बुढा, स्तालिन बस्नेत, रोशन यादव, लक्ष्मण बम, समीर वि.क. लगायतका विद्यार्थीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीको बुट र लाठीको प्रहारबाट मीना ऐडी, लक्ष्मी शाह, राजन राउत सहित थुप्रै विद्यार्थीहरु घाइते हुनु भएको छ । उहाँहरुलाई अनाम नगर प्रहरी चौकी लगेको छ ।

राष्ट्रिय सरोकारको विषयलाई लिएर गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि गठबन्धन सरकारले गरेको प्रहरी दमनको हाम्रो पार्टी घोर विरोध तथा तीव्र भत्र्सना गर्दछ । साथै, घाइतेहरुको उपचार गर्न र गिरफ्तार हुनु भएका पार्टीका नेता तथा कार्यकर्ता र विद्यार्थीहरुलाई अबिलम्ब रिहा गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।