0 COMMENTS

असोज ५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जनविरोधी तथा प्रतिगामी शिक्षा विधेयक खारेजीको माग गर्दै सिंहदरबारको दक्षिणी मूलगेटमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी १६ जना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।

पक्राउ पर्नेहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी)का इन्चार्ज हरिकृष्ण गजुरेल, संयोजक मिलन राई, सहसंयोजक पेशल दाहाल लगायतका नेताहरु रहेका छन् ।
शिक्षकहरुको जारी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शनको आयोजना गरेको थियो । प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा राखेको छ ।

पक्राउ पर्ने अन्य नेताहरुमा प्रभात भट्टराई, विरेन्द्र शाह, राजन रउत, गोविन्द विष्ट, स्मृति कार्की, सर्जन पाण्डे, लक्ष्मि पाण्डे, मिलन वुढा, स्टालिन बस्नेत, रोशन यादव, लक्ष्मण वम र समिर विकलगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।