0 COMMENTS

असोज ५, गाईघाट । गुणस्तरीय बैज्ञानिक शिक्षाको माग गर्दै अखिल (क्रान्तिकारी) को जिल्ला एकता भेला हिजो उदयपुरको गाईघाटमा भब्यताका साथ सम्पन्न भयो ।
अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा उदयपुर संयोजक निशान कटुवालको अध्यक्षतामा भएको उक्त भेलाले निशान कटुवालको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला समितिको चयन गरेको छ ।

नब निर्बाचित समितिलाई क्रान्तिकारी महिला संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रिता मगर “संरचना”, क्रान्तिकारी पत्रकार संघका प्रदेश संयोजक मधुकर थापा, पार्टीका त्रियुगा संयोजक भिम सुर्खेती, लगायतले शुभकामना तथा बधाई दिनु भएको थियो ।

उक्त भेला अगाडि शिक्षा नीति खारेज गर, बैज्ञानिक शिक्षा लागू गर, एमसीसी खारेज गर, रास्ट्रघाती शिक्षा ऐन खारेज गर, शिक्षामा भएको ब्यापारिकरण बन्द गर भन्ने नारा लगाउंदै जूलूस प्रदर्सन गरिएको थियो ।उक्त जुलुस गाइघाट बजार परिक्रमा गरि एकता भेलामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।