0 COMMENTS

असोज ४, काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काभ्रे तेमाल गाउपालिका स्तरीय एकता अधिबेशन बुधबार तेमाल ९ मेच्छे मुक्पामा सम्पन्न भयो ।नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत बिच एकता भएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समिति सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिनयराज शर्माको प्रमुख आतिथ्यतामा सम्पनन भएको अधिवेशनलाई सम्बोधन गर्दै शर्माले क्रान्तिको लागि कार्यदिशा र नेतृत्व सहि हुनु पर्ने र त्यतो पार्टीले मात्र क्रान्ति गर्ने बताउनु भयो । उहाँले आफ्नो पार्टीमा त्यो सबै भएको दाबी गर्नु भयो । क्रान्तिको लागि बस्तुगत अवस्था अनुकुल भएपनि आत्मगत अबस्था तयार नभएकोले आत्मगत अबस्था तयारीका लागि जनताको माझमा आएको बताउनु भन्दै उहाँले पटक पटक धोका खाएका नेपाली जनताले विश्वास गरिहाल्न नसके पनि आफूहरुले क्रान्ति गरेर छाड्ने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा केन्द्रीय आयोजक समिति सदस्य तथा तेमालको पुरानो नेता रङ्गवीर दोङ्ले आफुहरु आगोको झिल्को भएको दावी गर्दै एउटा आगोको झिल्कोले संसारलाई जलाएर खरानी बनाउन सक्ने तागत हुने बताउनुभयो । उहाँले क्रान्तिको सुरुवातको समयमा मानिसहरु थोरै हुने तर विचार सिद्धान्तले परिपक्व भएपछि जनता क्रान्तिको पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला सहसयोजक ढोग प्रसादअधिकारीले जिल्ला र केन्द्रको परिपत्रको भाब सम्प्रेषण सहित पार्टीले लिएको कार्यनीति र रणनीतिको बारेमा पार्टीको धारणा सार्बजनिक गर्नुभएको थियो । यस्तै कार्यक्रममा प्रदेश सदस्य प्रदिप अस्तानी, तेमालको पुरानो नेता टेक ब तामाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । इलाका संयोजक सुर्य ब मोक्तानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन इन्चार्ज दर्शनले गर्नुभएको थियो ।

अधिवेशनको बन्द सत्रले दर्शनलाई इन्चार्ज र सुर्यमान मोक्तानलाई संयोजक चयन गर्दै ११ सदस्यीय तेमाल गापा स्तरीय इलाका संगठन समिति गठन गरेको छ।जस्मा सदस्यहरु भिमराज तामाङ, इन्द्र तामाङ, लालमान तामाङ सरमथली, लालमान तामाङ नारायणस्थान, साहिला तामाङ, कबिन्द्र दोङ र नेपाली लगायत रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।