0 COMMENTS

असोज ४, भक्तपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुर चागुनारायणको नगर एकता अधिवेशन सम्पन्न भएकोछ । केन्द्रीय सचिवालय सदस्य तथा भक्तपुर जिल्ला जिल्ला इन्चार्ज कमरेड सरु, केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा भक्तपुर जिल्ला संयोजक बिश्वास र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा भक्तपुर जिल्ला सहसंयोजक बिवेकको उपस्थितिमा नगर अधिवेशन सम्पन्न भएको हो । प्रदेश समिति सदस्य तथा चागुनारायण नगरपालिका सङ्गठन समितिका इन्चार्ज बिकासको अध्यक्षतामा भएको अधिवेशनको संचालन जिल्ला सदस्य तथा चागुनारायण नगर सङ्गठन समितिका संयोजक बुद्धले गरेका थिए । अधिवेशनले जिल्ला सदस्य बुद्धको संयोजकत्वमा ९ सदस्यीये नगर सङ्गठन समिति गठन गरेको छ । कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै जिल्ला इन्चार्ज कमरेड सरुले क्रान्तिकारी शक्तिलाई कमजोर पार्न विभिन्न खेलहरु भईरहेकोले प्रतिगामी, यथास्थितिवादी र प्रतिक्रियावादी तत्वका बिरुद्ध क्रान्तिकारी शक्तिहरु एकतावद्ध भएर लड्न आवश्यक रहेको बताईन ।

त्यस्तै पार्टीका जिल्ला संयोजक बिश्वासले राजनैतिक बैचारिक र सैद्धान्तिक पक्षमा एकता हुने सबै क्रान्तिकारी शक्तिहरुलाइ एकताबद्ध बनाएर अघि बढेमात्र हाम्रो गन्तब्य सुनिस्चित हुने, पार्टीको कार्यदिशा कार्यनीति कार्यक्रमको बारेमा एकरुपताको बुझाइ र पार्टीको माथिदेखी तल सम्म राजनैतिक बैचारिक सैद्धान्तिक र साङ्गठनिकरुपमा बिधि पद्धति प्रक्रियाको चेन अफ कमाण्डमा रहेर एकै स्वरमा दुस्मनमाथी हमला बोल्नु पर्ने बताए । न्युनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति र आधारभुत कार्यक्रम बैज्ञानिक समाजवाद अर्थात नयाँज नवादी क्रान्तिको खुड्किला पार गर्दै बैज्ञानिक समाजवाद हुँदै साम्यवाद आफ्नो राजनीतिक अबिस्ट भएकोले त्यसको लागि सुदृढ सङ्गठन आवश्यक पर्ने बताउए । त्यस्तै जिल्ला सहसंयोजक बिवेकले राजनैतिक बैचारिक समाजिक बिकास लगाएत सबै हिसाबले चागुनारायण नगरपालिका भक्तपुरको जुम्ला हो भने । दलाल पुँजीवादी व्यवस्थाको विकल्प सामन्तवाद हैन नयाँ जनवाद र समाजवाद भएको उनको भनाई थियो । बुधबार भएको उक्त अधिवेशनमा बिकासले पार्टीले दिएको जिम्मेवारी दृढता पुर्वक पुरा गर्ने र चागुनारायण नगर सङ्गठन समिति लागी पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।